काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा ‘सबै ठीक छ’ भन्ने राजनीतिक भाष्य बनाउने प्रयास भइराखेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीतिक भाषा यस्तो बनाइन्छ कि झुटलाई सत्य जस्तै सुनियोस्, हत्या गरिनु सम्मानजनक लागोस् । सुन्ने कुरालाई पनि दृढ अर्थपूर्ण देखियोस्’ जर्ज वेयरवल्डको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले सुनाए ।
यस्तै नेपालमा पनि भइराखेको उनको व्याख्या छ । ‘नेपालमा शिक्षक ठीक हुनुहुन्छ, विद्यार्थी ठीक छन् । विद्यालय ठीक छ, शिक्षा ठीक छ’ उनले व्यङ्ग्य गरे ।
सांसद बजगाई थप कटाक्ष गर्छन्, ‘पोहोर साल बगाएका पुलहरू बनेका छन्, त्यो ठीक छ । यसपाली पनि बग्दैछन् सबै ठीक छ । नेपाल सम्पूर्ण रुपले ठीक छ । म राजनीतिमा छु, मैले भनेको सबै ठीक छ, जनताले भनेको केही पनि ठीक छैन ।’