2026-10-07 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रचनात्मक आलोचना सुन्ने धैर्यता बाकी छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् : रास्वपा सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रूप रहेको टिप्पणी गरेकी छिन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको दोहोर्‍याउँदै उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा यस्तो टिप्पणी गरेकी हुन् । यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने उनले बताइन् । ‘सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो,’ सांसद गौतमले भनिन्, ‘इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ । गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको एउटा इतिहास लेखिएको छ ।’

उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको आफ्नो कदम सच्याउन पनि आग्रह गरेकी छिन् । ‘सर्वपक्षीय आलोचना भए तापनि सरकार गाडी नम्बर ४२० आफ्नै रफ्तारमा चलिरहन्छ भनेझैँ बेप्रवाह दौडिरहेको छ,’ सांसद गौतमले भनिन्, ‘अलिकति रचनात्मक आलोचना सुन्ने धैर्यता कहीँ बाकी छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् ।’

सांसद गौतमले पछिल्लो समय दैनिक जसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रूपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिई अभियोग पत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । शक्तिको दुरुपयोग आफैँमा संविधान विपरीतको कार्य भएको बताउँदै उनले सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन आग्रह गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए