2026-10-07 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने:प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन्। बिहीबार काठमाडौँमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका हुन्।

‘राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन। आफ्नो भन्ने केही पनि छैन। कम्पिटिटिभ खालको मान्छे र ननडिभिटेबल मान्छे ल्याऔँ भन्ने मेरो सधैँ आग्रह हुन्छ,’ उनले भने, ‘मेरिटको विशेषमा ल्याऔँ। काम गर्नसक्ने मान्छे भए देशलाई भइगयो नि। यो र उ किन पर्‍यो?’ ‍उनले टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि दाबी गरे।

‘टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन। तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन्। एउटासँग मेरो देखभेट पनि भएको छैन। नाम सुनेको थिएँ, बिर्सिएँ। एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ। कामु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो,’ उनले भने, ‘निमित्त हुँदा चिनेको, कामु. मैले नै बनाएको हो। मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो। तर न मसँग नाता, सम्बन्ध, न केही न केही। न पोल्टिकल रिलेशन। न उहाँ पोल्टिकल मान्छे हो। हुनतः अब मान्छे पोलिटिकल प्राणी त हो नै। उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन।’

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए