३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

२ जेष्ठ २०८२, बिहीबार १६:५६

काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उहाँले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित परिणाम ल्याउन सक्दैन भन्नुभयो ।

सांसद महतले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, विकासको लाभ, आम नागरिकमा पु¥याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

निजी क्षेत्र मैत्री र प्रतिस्पर्र्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने, विभिन्न तहको सरकारमा समन्वय कायम गर्ने, सार्वजनिक वृत्तमा देखिएका विकृतिहरु हटाउने, पुँजीगत खर्चलाई प्राथामिकताको आधारमा खर्च गर्ने र निजी क्षेत्रलाई थप सुधारका कार्यक्रममार्र्फत् कानुनी संस्थागत सुधारमा निजी क्षेत्रको सहभागितालाई वृद्धि गर्ने र समाजिक सुरक्षालाई लक्षित रूपमा अघि बढाउनेलगायतको विषयवस्तु समावेश गरिएको उहाँको भनाइ छ ।

“कुनकुन क्षेत्रमा काम गर्न सकिन्छ र उनीहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामीले सोच्न जरुरी छ, कृषिमा प्राथमिकता दिने भनिएपनि कसरी दिने भन्ने विषयमा अझ छलफल हुन आवश्यक छ, भन्सारका विषयमा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ,”उहाँले भन्नुभयो ।

विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सांसद महतले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तरीयतामा दौडनुभन्दा विश्वविद्यालय खोल्नतर्फ लाग्नुपर्ने उहाँको विचार छ ।

त्यसैगरी सांसद महतले हरेक पालिकामा अस्पताल सम्भव नभएको भन्दै दुई तीन पालिकाको अन्तरमा अस्पताल निर्माण गरिनुपर्ने बताउनुभयो । सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्न जरुरी रहेको जनाउँदै उहाँले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’