2026-10-07 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उहाँले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित परिणाम ल्याउन सक्दैन भन्नुभयो ।

सांसद महतले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, विकासको लाभ, आम नागरिकमा पु¥याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

निजी क्षेत्र मैत्री र प्रतिस्पर्र्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने, विभिन्न तहको सरकारमा समन्वय कायम गर्ने, सार्वजनिक वृत्तमा देखिएका विकृतिहरु हटाउने, पुँजीगत खर्चलाई प्राथामिकताको आधारमा खर्च गर्ने र निजी क्षेत्रलाई थप सुधारका कार्यक्रममार्र्फत् कानुनी संस्थागत सुधारमा निजी क्षेत्रको सहभागितालाई वृद्धि गर्ने र समाजिक सुरक्षालाई लक्षित रूपमा अघि बढाउनेलगायतको विषयवस्तु समावेश गरिएको उहाँको भनाइ छ ।

“कुनकुन क्षेत्रमा काम गर्न सकिन्छ र उनीहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामीले सोच्न जरुरी छ, कृषिमा प्राथमिकता दिने भनिएपनि कसरी दिने भन्ने विषयमा अझ छलफल हुन आवश्यक छ, भन्सारका विषयमा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ,”उहाँले भन्नुभयो ।

विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सांसद महतले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तरीयतामा दौडनुभन्दा विश्वविद्यालय खोल्नतर्फ लाग्नुपर्ने उहाँको विचार छ ।

त्यसैगरी सांसद महतले हरेक पालिकामा अस्पताल सम्भव नभएको भन्दै दुई तीन पालिकाको अन्तरमा अस्पताल निर्माण गरिनुपर्ने बताउनुभयो । सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्न जरुरी रहेको जनाउँदै उहाँले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए