काठमाडौँ। काठमाडौँको मध्य बानेश्वमा कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु भएको छ। बानेश्वर नजिकै कात्यानी चोकमा बा प्र ०१–३१ च ९५६३ नम्बरकाे कारले ठक्कर दिँदा बालककाे मृत्यु भएकाे हाे।
शुक्रबार बिहान ९ः२६ बजे काठमाडौँ महानगरपालिका ३१ कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने ३ वर्षका बालक शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
बानेश्वररबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो। उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। काठमाडौँ महानगरपालिका- ३१ का ५५ वर्षीय रमेश कुमार श्रेष्ठले चलाएको कारले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेको थियो।
काठमाडौँक भारतको सितामढी घर भई हाल कात्यानीमा बस्दै आएका थिए। सवारी चालक श्रेष्ठ र सवारी बानेश्वर वृत्तको नियन्त्रणमा रहेका पनि एसपी बोहराले जानकारी दिए।