2026-10-07 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारभन्दा बाहिर बस्दा नेता तथा कार्यकर्ता रिसाउने,सरकारमा नगए पुलिस,प्रशासनले हेप्ने: कांग्रेस प्रवक्ता महत

काठमाडौँ ।   नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि रहेको बताएका छन् । ‘अहिलेको गठबन्धनमा हाम्रा पनि धेरै असन्तुष्टि छन् । एमाले नेतृत्वलाई पनि भनेका छौँ, गठबन्धन भएको अर्काको प्वाइन्ट अफ भ्यूलाई अण्डरस्ट्याण्ड हुनुपर्छ,’ उनले भने, ‘अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’ उनले राजनीतिक पार्टी निर्माण भएकै सत्तामा जानका लागि भएको बताए । साेमबार नेपाली कांग्रेस कास्की ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा गएपछि मात्रै पार्टीले आफ्नो घोषणापत्र कार्यान्वयन गर्न सक्ने बताए ।

‘अहिले गठबन्धन सरकार छ । यो पनि बाध्यात्मक परिस्थितिमा बनेको हो । हैरान भएर,’ उनले भने, ‘पार्टीहरु निर्माण भएकै सत्तामा जानका लागि हो । कहिलेकाहीँ हामीहरू आदर्श वाक्य बोल्छौँ, बाहिरै बसौँ, किन जानपर्‍यो भन्छौँ । हामी सत्तामा गएनौँ भने हाम्रो नीति कार्यक्रम र बजेट कसरी आउँछ ?’ महतले सत्तामा नगएपनि नेता कार्यकर्ताबाटै गुनासो आउने गरेको र सत्तामा गएपनि प्रश्न रहिरहने बताए । ‘कि त महान् भएर सत्तामा बस्दैनौँ, बाहिरै बस्ने हो भन्नुपर्‍यो । फेरि बाहिरै बस्ने हो भने पुलिसबाट यस्तो अन्याय भो, प्रशासनले एकथोपा सुन्दैन । एकलौटी अर्काको काम गर्‍यो । त्यसबेलामा सबै आत्तिन्छन्,’ अघि भने, ‘सत्तामा गयो, त्यहाँ पनि समस्या छ । यो भएन र त्यो भएन भन्छन् । कहाँ सबैचिज हुन्छ सत्तामा ? म पनि मन्त्री भा हो ।’

अहिलेको निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भन्दै उनले संविधान संशोधनको प्रक्रिया तुरुन्तै अघि बढाउनुपर्ने बताए । ‘अहिले कसैको पनि बहुमत छैन । यो निर्वाचन पद्धतिबाट कसैको बहुमत पनि आउँदैन । त्यसैले संविधान संशोधनको कुरा गर्‍यौँ,’ उनले भने, ‘मैले भनिरहेको छु, संविधान संशोधनलाई सिरियसली अगाडि बढाऔँ । भोलि होला नहोला बेग्लै कुरा हो । दुई तिहाइ चाहिन्छ । अपर हाउसमा पुग्दैन पुग्दैन । तैपनि छलफल थालौँ ।’

फरक प्रसङ्गमा महतले बजेट निर्माण गर्दा ठुला योजना मात्रै सङ्घले बाँडफाँट गर्नुपर्ने बताए । ‘कनिका छरेर परिणाम निस्किँदैन । ३ करोड भन्दा साना योजना ल्याउन हुँदैन भनेर हामीले गृहकार्य गर्‍यौँ,’ उनी भन्छन्, ‘नयाँ सरकार आयो, सबै फालियो । अहिले ३ करोड भन्दा तलको योजना नराख्ने भनेर जोडबल गरिरहेका छौँ । बरु थोरै होस्, परिणाम देखिने काम हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए