Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अखिल नेपाल बिद्यार्थी यूयिन एकताको राष्ट्रिय सम्मेनल शुरु ।

इमरान खान। भादौ २५, कपिलवस्तु। “सामन्ती दलाल, नोकरशाही ,पूँजीवादको अन्त्य आवश्यक” भन्ने नाराका साथ  आज एक समारोहका बीच अखिल नेपाल बिद्यार्थी यूयिनको एकताको राष्ट्रिय सम्मेनल नेपाल कम्युनिष्टपार्टीका अध्यक्ष ऋषिराम कट्टेलले पानसमा बत्ती बालेर उद्घाटन गरे ।

काठमाण्डौ डिल्लीबजारको बिजय स्मारक मा. बि.को सभाकक्षमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले देशका तीन दलीय शक्तिले सामन्ती दलाल नोकरशाही पूँजीवादको सेबक भएर गएकोले तिनले जनताको प्रतिनिधित्व गर्न सक्तैनन र नेपाली जनता त्यसको बिकल्पमा खडा हुनुपर्ने स्थिति उत्पन्न भइसकेको छ । अखिल नेपाल बिद्यार्थी यूनिनयले त्यही दिशामा आफुलाई आगाडि बढाउँदै आएको र अब सम्मेलन पछि  सशक्तरुपमा नेपाली जनताको हितमा यसले काम गर्ने बिश्वास ब्यक्त गदै र सफलताको कामना गर्दै सम्मेलनले सही नीति र कार्यक्रमका साथ सही नेतृत्व चयन गरेर अघि बढोस्  र सम्मेलन सफल होस भन्ने शुभकामना ब्यक्त गरे । उनले भूmटा मुद्दामा अनेबियूका पूर्व अध्यक्ष प्रबीण मिश्रलाई फसाएर सत्ताले ठूलो अपराध गरको क्रा पनि ब्यक्त गर्दै त्यसको निन्दा र भत्र्सना गर्नुका साथै तत्काल रिहाईको माग गरेका  थिए । नेपाल कम्युनिष्ट पार्टी उपाध्यक्ष लोकनारायण सुवेदी शिक्षा शक्तिशाली हतियार हो भन्ने महान नेता नेल्सन मण्डेलाको कथनलाई उद्ध्त गर्दै र सही शिक्षाले नै ब्यक्ति, समाज र राष्ट्रलाई सही दिशामा डोर्याउन र उन्नत चरणमा पु¥याउन मद्दत गर्दछ भन्दै हाम्रो शिक्षा नेपालको कृषि, उद्योग, बन्द–ब्यापार, स्वास्थ्य, बातावरण, नैतिकता, इमानदारीतासाग जोडिनु पर्दछ र सबै क्षेत्रको भ्रष्टाचार, माफियातन्त्र र देशका हित बिपरीत सन्धि सम्झौता बिरुद्ध सशक्तरुपमा खडा हुनु पर्दछ र नेपालका नदी नाला, जमिन जंगल, जडीबुटी नेपाली जनताको स्वामित्वमा राखिनु पर्दछ अनि उनीहरुको हितका लागि मात्र परिचालन गरिनु पर्दछ भन्ने कुरा अखिल नेपाल बिद्यार्थी यूनियनले उठाएर शिक्षालाई यी कुरासँग जोडने आन्दोलन चलाउनु पर्दछ । बिद्यमान राजनीतिक ब्यवस्थाले बहुसख्यक जनताको हित नगर्ने मुठ्ठीभर माफिया, तस्कर, कालोबजारिया र भ्रष्टाचारीको हितमा ज्यान फालेर लाग्ने भएकोले त्यसका बिरुद्ध सशक्त संघर्ष उठाउन र साच्चो जनातान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा राष्ट्रिय स्वाधीनताका निम्तिआन्दोलन केन्द्रित हुनुपर्दछ भने धारणा राखेका थिए । ने.क.पा.का महासचिव शरण बिक्रम मल्लले परमुखपेक्षी अर्थतन्त्र, बरोजगारी, बिप्रेषणको दुरुपयोग र बिकराल भ्रष्टाचारका बिरुद्ध सशक्त आवाज उठाएर आम बिद्यार्थी र नेपाली जनताको परिबर्तन  प्रगतिको प्रतिनिधित्व यो बिद्यार्थीय संगठनले गर्नु पर्दछ र गर्न सक्तछ भन्ने बिश्वास ब्यक्त गरे ।

नेकपाका प्रमुख सल्लाहाकार रामबहादुर भण्डारीले शुभकामनाकासाथ संयुक्त बिद्यार्थी आन्दोनलको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै र २००८ सालदेखि कसरी देशभक्त प्रगतिशील र जनवादी बिद्यार्थी संगठनहरु जनताका पक्षमा खडा भए अनि  कसरी औसरबादी, दरबार परस्त बिद्यार्थीहरु निरंकुश सत्ताको ताबेदरीमा लागे भन्ने इतिहासको उल्लेखगर्दै इतिहासबाट सही शिक्षा लिएरअघि बढनु पर्ने औंल्याए । कार्यक्रममा अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुवेदीले शुभकामना दिदै र सही नीति र नेतृत्व भएको बिद्यार्थी संगठनले मात्र देश र जनताको हितमा काम गर्न सक्तछ भन्दै अनेबियूले त्यही दिशामा काम गरेर देश जनताको इज्जत बढाउने बिश्वास ब्यक्ति गरिन् । शुभकामना दिदै पुष्पलाल अध्ययन समाजका महाससिब कौशलदेब अधिकारीले बर्तमान शिक्षा कस्तो हुनु पर्दछ र देशको कसरी भबिष्य निर्माण हुन सक्तछ भन्ने कुरामा केन्द्रित भएर आन्दोलन बिकसित गर्नु पर्दछ भन्न भावना  ब्यक्त गरे । अध्यक्षका आसनबाट बोल्दै अखिन नेपाल बिद्यार्थी यूनियन एकताको राष्ट्रिय सम्मेलन तयारी संमितिका संयोजक दीपनारायण पाठकले हातमा सीप र दिमाग सोच दिएर नयाँ किसिमले बिद्यार्थी समुदायलाई गोलबन्द गर्ने र सही अर्थमा देश र जनताको सेवामा लगाउने अठोट यो सम्मेलनले गर्ने दृढता र प्रतिबद्धता जाहेर गरे । उद्घाट कार्यक्रम सत्रको सञ्चालन बिद्यार्थी नेता हरिवोल खत्रीले गरेका थिए भने स्वागत मन्तब्य अर्का बिद्यार्थी नेता सन्तोस भटराईले दिएका थिए  । अमर शहीदहरुप्रति एक मिनेट मौन धारण गर्दै शुरु भएको कार्यक्रमको बिच बिचमा साँस्कृतिक नृत्य र गीत गायन पनि चलेको थियो । दुइ दिन चल्ने बन्द सत्रले नीति, कार्यक्रम, बिधान पारित गर्ने तथा नेतत्को चयन गरेपछि सम्मेलन सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय