२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको : पुष्पकमल दाहाल

२०८२, १९ श्रावण आईतवार ११:२४

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धका शहीदहरुको बलिदान र पीडाहरुलाई साँची राखेर एकता प्रयास जारी राखेको बताएका हुन् ।‘यी शहीदहरु, बलिदानहरु, यातनाहरु, पीडाहरुलाई अगाडि राखेर फेरि सबै माओवादी धाराहरु र सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने हामीले प्रयास गरेका छौं र यो प्रयास हामी जारी राख्छौं ।’

माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन्’, उनले भने, ‘कसले जित्छ यो ब्याटल ? अन्तिममा यो मुठभेडमा क्रान्तिकारी र जनताले जित्ने हो कि प्रतिक्रियावादी र अवसरवादीले भन्ने कुराको फैसला अहिले नै भइसकेको छैन ।’प्रचण्डले एकताबद्ध हुन नसके, आफूलाई हिजोका सपना र शहीदका सपनाहरुसँग जोड्न नसके प्रतिक्रियावादीहरुले हालसम्म प्राप्त उपलब्धि पनि उल्ट्याइदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम