१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको : पुष्पकमल दाहाल

१९ श्रावण २०८२, आईतवार ११:२४

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धका शहीदहरुको बलिदान र पीडाहरुलाई साँची राखेर एकता प्रयास जारी राखेको बताएका हुन् ।‘यी शहीदहरु, बलिदानहरु, यातनाहरु, पीडाहरुलाई अगाडि राखेर फेरि सबै माओवादी धाराहरु र सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने हामीले प्रयास गरेका छौं र यो प्रयास हामी जारी राख्छौं ।’

माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन्’, उनले भने, ‘कसले जित्छ यो ब्याटल ? अन्तिममा यो मुठभेडमा क्रान्तिकारी र जनताले जित्ने हो कि प्रतिक्रियावादी र अवसरवादीले भन्ने कुराको फैसला अहिले नै भइसकेको छैन ।’प्रचण्डले एकताबद्ध हुन नसके, आफूलाई हिजोका सपना र शहीदका सपनाहरुसँग जोड्न नसके प्रतिक्रियावादीहरुले हालसम्म प्राप्त उपलब्धि पनि उल्ट्याइदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का