2026-07-26 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ६ को मुख्यमन्त्रीको उम्मेद्वारीमा बामगठबन्धनका शाही

दलसिंह गिरी | कात्तिक ५, कालिकोट | यहि आउदो मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभाका लागि सर्बसहमतले उम्मेदवार चुनिएका माओवादी केन्द्रिय सदस्य एवं नि.बर्तमान उर्जामन्त्री महेन्द्र बहादुर शाहीलाई प्रदेश नं. ६ को मुख्यमन्त्रिको रुपमा अगाडी बढाउने गरी बाम गठबन्दनले उम्मेदारी अगाडी सारेको छ । माओवादी केन्द्रले उर्जामन्त्री शाहीलाई प्रतिनिधि सभा र अर्का नेता दुर्ग बहादुर रावतलाई प्रदेश सभा उम्मेदारका लागि यस अघि टिकट वितरण गरेपनि बाम गठबन्धनका सहयात्री नेकपा एमाले संग प्रदेशसभाको उम्मेदार छनोट तालमेल नमिल्दा अन्तत शाहीलाई प्रदेश नं. ६ को मुख्यमन्त्री बनाउने गरी प्रदेश सभाको उम्मेदवारको रुपमा सारेको हो ।

नेकपा एमाले र माओवादी केन्द्र विचको बाम गठबन्धनले आज संयुक्त र्याली सहित जिल्ला निर्वाचन आयोगमा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार दर्ता गराएका छन् । बाम गठबन्धनको आपसी समझदारी अनुसार प्रतिनिधि सभाका लागि कालिकोटबाट माओवादी केन्द्रका दर्गबहादुर रावत, प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. क मा एमालेबाट एमाले प्रदेश सदस्य एवं नेकपा एमाले कालिकोटका पूर्व अध्यक्ष कुर्मराज शाही र निर्वाचन क्षेत्र नं. ख मा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निबर्तमान उर्जामन्त्री शाहीको उम्मेदारी दर्ता गराएका हुन् ।

बर्तमान देउवा सरकारमा ८३ दिन उर्जा मन्त्रालयमा उर्जामन्त्रिको पदभार ग्रहण गर्दै पदमा रहदा सम्म मन्त्रालयमा भएगरेका प्रभावकारी कामबाट चर्चामा रहेका शाहीलाई प्रदेश नं. ६ को सम्भावित उम्मेदारको रुपमा लिएको छ । प्रदेश नं. ६ मा एमाले माओवादी बाम गठबन्धनबाट प्रदेश सभा उम्मेदार लागि मन्त्री शाहीबाहेक अरु कुनैपनि हाइप्रोफाइल भएका केन्द्र स्तरका नेताहरुको उम्मेदार नपरेपछि शाहीलाई प्रदेश ६ को सम्भावित उम्मेदारको रुपमा लिइएको हो ।

सरकारमा सहि ८३ दिन सम्म उर्जामन्त्रालयमा रही मोवाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुको विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था, विद्युत खरिद विक्री तथा यसको उत्पादन प्रशारण वितरणलाई व्यवस्थित वनाउन व्यवस्थापिका संसद्वाट विधेयक पारित गराई विद्युत नियमन आयोग ऐन तयार, कर्नाली करिडोर अन्तर्गतको ४०० के.भि. प्रसारण लाइनको डि.पि.आर. सुरु गरि सो आयोजनाको लागी आवश्यक जग्गा अधिग्रहणको काम, बिद्युतको केन्द्रिय प्रसारण लाईन नपुगेको कर्नाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत सेवा आपुर्ती गर्न आवश्यक व्यवस्था गरि कामको प्रारम्भ, विद्युत उत्पादन कम्पनी मार्फत फुकोट कर्नाली लगायतका आयोजनाहरुको अध्ययन कार्य शुरु साथै फुकोट कर्नाली जलविद्युत आयोजनामा कर्नालीका स्थानीय जनता तथा निजामति लगायत सार्बजकि सेवामा रहेका कर्मचारीहरुको शेयर लगानीको सुनिश्चितता, नगद लगानी गर्न नसक्ने जनतालाइ श्रमदान मार्फत शेयर लगानी गर्ने व्यवस्था, मोवाइल एप्लिकेशन तथा टोल फ्रि हटलाइन नम्वर ११५१ वाट जनगुनासो प्रत्यक्ष रुपमा सुनेर सिघ्रातिसिघ्र समाधान गर्ने व्यवस्था, चीन सरकारसँग विद्युत व्यापारको लागी सम्झौता पत्रमा हस्ताक्षर भई अगाडी बढेको व्यापारको प्रक्रिया, राष्ट्रिय प्रसारण लाइनलाई भविष्यमा समेत विद्युत आपुर्ती सहज वनाउन ४०० के.भि. को प्रशारण लाइनको गुरुयोजना तयार गरि आवश्यक काम अगाडी बढाएका जस्ता थुप्रै १९ वटा महत्वपूर्ण काम गरेर चर्चामा आउनु भएको छ । लोकमानसिंह प्रकरणबारे संसदमा अविश्वास प्रस्तावको प्रस्तावक भएर कार्बाहिप्रक्रियामा अगाडी बढाउन क्रियाशिल शाही तत्कालिन माओवादी सेना छैठौ डिभिजनका डिभिजन कमाण्डर समेत रहनु भएको थियो भने संविधान सभा दोश्रो निर्वाचनमा माओवादी केन्द्रबाट कर्नालीकै एकमात्र प्रत्यक्ष निर्वाचित संसद प्रतिनिधि समेत रहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ