2026-07-26 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चिनीवाट वनाईएको १५ क्विन्टल नक्कली मह नष्ट गरियो

इमरान खान/कात्तिक ९,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मंगलवार बरामद गरिएको चिनीबाट निर्मित नक्कली मह प्रहरीले बुधबार नष्ट गरेको छ ।

प्रहरीले चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको १५ क्विन्टलनक्कली चिनीमह बरामद गरेको थियो । प्र्रहरीले चिनी मह बनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको थियो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाले पत्रकार सम्मेलन गरी प्रहरी परिसरमा खाल्डो खनी नक्कली मह बुधबार नष्ट गरेको हो । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, संचारकर्मी तथा स्थानिय लगायतको उपस्थितिमा नक्कली मह नष्ट गरिएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउने अभियानसँगै त्यस बस्तीमा पुगेको अभियान टोलीले मंगलबार विहान १५ क्विन्टलनक्कली चिनीमह बरामद गरेको थियो ।

चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको महले मानव स्वास्थ्यमा ठूलो असर गर्ने बताइन्छ । नक्कली मह बनाउने ले पहाडी क्षेत्रमा गई मौरीको मह भन्दै नक्कली महलाई उनीहरुले २सय रुपैयाँदेखि ५सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ