2026-09-14 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा दुबै गठबन्धनका छुट्टा छुट्टै भेला

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । आउदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पहिलो पार्टी बन्ने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच होडवाजी चलेको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला निर्वाचन आयोगमा उम्मेदारी दर्तासंगै आ आफ्नो प्रचार प्रसारमा तम्सिएका २ गठबन्धनहरुबीच आफ्नो पल्लाभारी बनाउने होडबाजी चलेको हो ।

दुई गठबन्धनबीच शुक्रबार जिल्ला सदरमुकाम मान्ममा छुट्टाछुट्टै कार्यकर्ता भेला सम्पन्न गरेका छन् । लोकतान्त्रिक गठबन्धनको नेतृत्व लिएको नेपाली काँग्रेसका जिल्ला सभापति हर्षबहादुर बमको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न भएको छ भने उता बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमाले र एमाओवादीको संयुक्त आयोजनामा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

आगामी निर्वाचनमा आआफ्ना उम्मेदारहरुलाई जिताउन जनताहरुमाझ कसरी जाने भन्ने विषयमा कार्यकर्ताहरुबाट रायसुझाब संकलन तथा निर्वाचन प्रचार प्रसारमा पार्टीले तय गरेको रणनैतिक योजनाबारे छलफल गर्न भेलाको आयोजना गरेको दुबै गठबन्धनले जनाएका छन् ।

भेलाको सम्बोधन गर्दै नेपाली कांगे्रसका सभापती हर्षबहादुर बमले बिगत २०४६ सालदेखि काँग्रेसले हरेक निर्वाचनमा कालिकोटबाट पराजय सामना गरिरहनु परेका बेला अहिलेको निर्वाचनका लागि भएको बाम गठबन्धनले काँग्रेसलाई थप बलियो बनाएको दावी गरे । अहिलेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कालिकोटबाट जनताहरुले चाहेकै युवा नेता अगाडी बढाएकाले पनि कालिकोटमा काँग्रेस एक भएको अनुभुति दिलाएको बमले बताउनु भएको छ ।

विगतको गुट कांग्रेसबाट एक जुट कांग्रेस बनेको भन्दै लोकतान्त्रीक फोरमका केन्द्रीय सदस्य मैया मल्ल, कालिकोट जिल्ला अध्यक्ष शिवलाल रोकाया नयाँशक्ति पार्टी नेपालका राज्यलक्ष्मी शाहीलगायत अन्य पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ