Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ–गाउँमा पुगेका सिंहदरबार सदरमुकाममै थन्किए

२०७४, १५ कार्तिक बुधबार १५:३१

दलसिंह गिरी/कात्तिक १५, कालीकोट । गाउँ गाउँमा पुगेको स्थानीय तहका कार्यालय (सिंहदरबार) जिल्ला सदरमुकाममा केन्द्रित भएका छन् । 

स्थानीय तहमा कुनै पनि कार्यालय नहुँदा गाउँ गाउँ पुगेको सिंहदरबारहरु सदरमुकामका केन्द्रित भएका हुन् । जिल्ला ३ नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा सबै स्थानीय तहहरुले जिल्ला सदरमुकाम मान्ममा कार्यालय खोलेका छन् ।

स्थानीय तहमा बैकिङ्ग सेवा, मालपोत, कृषि, स्थानीय प्रशासन लगायतका अन्य कार्यालयहरु स्थापना हुन नसक्दा सदरमुकाम आउनु पर्ने बाध्यता भएका कारणले सदरमुकाम नै कार्यालय खोल्नुपर्ने बाध्यता आएको नरहरीनाथ गाउँपालिका कार्यकारी अधिकृत धर्मेन्द्र शाहीले बताए । ‘स्थानीय तह व्यवस्थित हुन सकेका छैनन्’ उनले भने, ‘सबै काम सदरमुकामबाट नै गर्नु पर्ने भएका कारणले कार्यालय स्थापना गरेका हौं ।’

स्थानीय तहमा कुनै पनि सरकारी कार्यालय नहुनु नागरिकताका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता, बैकिङ कारोबार गर्न बैंकको अभाव लगायतका कारण स्थानीय सबै काम सदरमुकाम गर्नु पर्ने बाध्यता रहेको सान्नित्रिवेणी गाउँपालिका वडा अध्यक्ष भरतबहादुर बिकले बताए । 

‘स्थानीय तहमा कुनै पनि सरकारी कार्यालय स्थापना हुन सकेका छैनन्’ उनले भने, ‘बैंकिङ कारोबार गर्न, नागरिकता बनाउन अन्य काम गर्न सदमुकाम नै धाउनुपर्ने बाध्यता रहेको छ ।’

स्थानीय तहबाट हुने काम कारवाहीबारे स्पष्ट ऐन व्यवस्था नहुँदा प्रायः काठमाडौं रहेको सिंहदरबार गाउँ गाउँमा पुगको भनिए पनि सर्वसाधारण मानिसहरुले सदरमुकाममा नै सबै काम गर्न आउनु पर्ने बाध्यता रहेको पत्रकार अनन्त बरालले बताए । ‘गाउँ गाउँमा सिंहदरबार पुगेको भनिएको छ’ उनले भने, ‘स्थानीय तहको ऐन र कानून नहुँदा पनि यो समस्या आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ