2026-09-15 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा उम्मेदवारी दर्ता (क-कसले दिए उम्मेदवारी ?)

कात्तिक १६, कपिलवस्तु (रासस) | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज कपिलवस्तुमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेपाली काँग्रेसबाट क्षेत्र नं १ मा दीपकुमार उपाध्याय, क्षेत्र नं २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं ३ मा अभिषेक प्रताप शाहले मनोनयन दर्ता गराउनुभएको छ । 

यस्तै वाम गठबन्धनबाट क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य चक्रपाणि खनाल, क्षेत्र नं २ मा राष्ट्रिय जनता पार्टी परित्याग गरी स्वतन्त्र समूह गठन गरेका पूर्वमन्त्री बृजेशकुमार गुप्ता र क्षेत्र नं ३ मा स्वतन्त्र समूहकै ईश्वर दयाल मिश्रले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी प्रदेशसभातर्फ काँग्रेसबाट क्षेत्र नं १ को (क) मा पुरन चौधरी र (ख) मा राजेश आचार्य, क्षेत्र नं २ को (क) मा जवाहरलाल चौधरी र (ख) मा सुधाकर पाण्डेय तथा क्षेत्र नं ३ को (क) मा अजय थापा र (ख) मा वीरेन्द्र कनौडियाले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी गठबन्धनबाट क्षेत्र नं १ को (क) र (ख) मा एमालेका विष्णु पन्थी र अन्तर्राष्ट्रिय खेलाडी फैजुल रहमान (फैजल खाँन), क्षेत्र नं २ को (क) र (ख) मा राष्ट्रिय जनता पार्टी परित्याग गरी सूर्य चिह्नबाट उम्मेदवारी दिएका दीर्गनारायाण पाण्डे र धर्मबहादुर लाल श्रीवास्तव तथा क्षेत्र नं ३ को (क) मा एमालेका अर्जुन केसी र (ख) मा माओवादी केन्द्रका जावेद खाँले मनोनयन दर्ता गराउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ