2026-07-03 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली रोजगारको बजेट उपलब्धी विहीन

दलसिंह गिरी | कात्तिक १८, कालिकोट । कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोग भएको छ । कर्णालीमा विकास योजनाहरु सञ्चालन गरेर यहाँका विपन्न नागरिकलाई रोजगार बनाउने यो कार्यक्रमको उदेश्य हो । तर कालिकोटमा भने यो कार्यक्रम अन्तर्गतको बजेट उपलब्धीविहीन काममा खर्च गरेर सक्ने काम भएको छ ।

जिल्लामा यो कार्यक्रम अन्तर्गत आएको बजेट सही काममा लगानी हुन सकेको छैन । राजनीतिक दल र तत्कालिन गाविसका कर्मचारीहरुको मिलेमतोमा उपलब्धीविहीन काममा खर्च गरेर बजेटको दुरुपयोग गरिएको पाइएको छ । जिल्लामा विषेशगरी साविकका गाविसहरु लालु, माल्कोट, कोटवाडा, रुप्सा र कुमालगाउँमा विनियोजन भएको कर्णाली रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको पाइएको हो ।

यहाँ अहिले कुनै जलविद्युत आयोजना सञ्चालनमा छैन । अर्कोततर्फ भविष्यमा सञ्चालनमा गर्ने गरी कुनै सम्भाव्यता अध्ययन पनि भएको छैन । न त त्यहाँ तत्काल विद्युतको राष्ट्रिय प्रशारण लाइन नै पुग्ने सम्भावना नै छ । तर त्यस क्षेत्रमा लाखौं रकम खर्च गरेर बिजुलीका पोल गाडेर तार विस्तार गरिएको छ । बजेट सक्ने नाममा हचुवाको भरमा गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् ।

गाउँमा आएको लाखौं रकम खर्चेर गाडिएका पोल र तार अहिले खिया लागेर नोक्सान हुन लागेका छन् । आर्थिक वर्ष २०६७/०६८ मा कर्णाली रोजगार कार्यक्रमको बजेटबाट पोल र तार खरिद गरिएको थियो । पोल र तार विस्तार गरेको सात वर्षसम्म पनि स्थानीयले बिजुली बाल्न भने पाएका छैनन् । बरु गाउँमा गाडिएका कतिपय पोल तार हराएका छन् ।

त्यहाँ अझै केही वर्षसम्म पनि बिजुली पुग्ने सम्भावना देखिँदैन् । तर बजेट सक्नकै लागि साविकका गाविस र राजनीतिक दलहरुले अध्ययन नै नगरी बजेट खर्च गरेका छन् । आपसी मिलेमतोमा खर्च गरिएको बजेटले उपलब्धी भने दिएको छैन । सम्भाव्यता अध्ययन नै नगरेर खर्च गरिएको बजेट वेकामे भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । विद्यालय, सडक र स्वास्थ्यमा रकम लगानी गर्न आग्रह गर्दासमेत दलहरुले सम्भावना नै नभएको बिजुलीका पोलमा बजेट सकेको भन्दै उनीहरुले आक्रोश पोख्न थालेका हुन् । हचुवाका भरमा साविकका गाविसको विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट गाडिएका पोल र तारहरु अलपत्र अवस्थामा छन् । स्थानीयले बिजुली बाल्न नपाएरै पोल र तार खिया लागेर नोक्सान हुने अवस्थामा पुगेका हुन् ।

कहाँ कति रकम खर्च भयो ?

साविकको लालु गाविसले कर्णाली रोजगार कार्यक्रमको ४५ लाख रुपैयाँ उपलब्धीविहीन काममा खर्च गरेर दुरुपयोग गरेको छ । आर्थिक वर्ष २०६७/०६८ मा यो गाविसले कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख खर्च गरेर गाउँमा बिजुली पोल र तार विस्तार गरेको थियो । तर लाखौं रकम खर्च गर्दासमेत अहिले न गाउँमा बिजुली बलेको छ, न त बिजुलीका पोल र तार नै काम लाग्ने अवस्थामा छन् ।

यस्तै साविकको माल्कोट गाविसले पनि लाखौं रकम खर्च गरेको छ । बजेटको एकीन हिसाव सार्वजनिक नगरे पनि लाखौं रकम खर्च गरेर बिजुलीका पोल गाडिएका छन् । त्यसैगरी साविकको कुमालगाउँ गाविसले आर्थिक वर्ष २०७०/७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरिद गरेको छ । नेकपा एमाले कुमालगाउँका नेता टक्क विष्टले बिजुलीका पोल र तार खरिद गरिएको स्वीकार गरे । यही हाराहारीमा अन्य स्थानमा पनि कर्णाली रोजगार कार्यक्रमको रकमबाट बिजुलीका पोल र तार खरिद गरिएका छन् । विद्युत आयोजनाको पुर्वाधार निर्माण नै नगरी गाउँमा पोल र तार विस्तार गरेर अलपत्र अवस्थामा छोड्नु बजेटको ब्यापक दुरुपयोग भएको लालुका सामाजिक अभियन्ता निर्मलकुमारले विष्टले बताए ।

बिजुलीका पोल र तार अलपत्र

जिल्लाका लालु, माल्कोट, कुमालगाउँ, रुप्सा र कोटबाडामा विगतमा साविकका गाविस र कर्णाली रोजगारको बजेटबाट खरिद गरिएका अधिकांश पोल र तार अलपत्र परेका छन् । गाउँमा विस्तार गरिएका पोल र तार खिया लागि सकेका छन् । यस्तै अधिकांश पोल र तार जिल्लाका लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको लालुका शिक्षक नवराज शाहीले बताए ।

‘गाविस र कर्णाली रोजगारको रकम दुरुपयोग गरियो, बिजुली नै नभएको ठाउँमा बेकारमा रकम खर्च गर्न मात्र बिजुलीका पोल खरिद गरिएको छ’ उनले भने, ‘विद्युतको आयोजना नै नभएको ठाउँमा अहिले नै किन पोल र तार चाहियो ?’ तर विद्युत आयोजनाको सर्भे भएका कारण ति गाउँमा पहिले नै पोल खरिद गरिएको र गाउँमा पोल गाडिएको नेकपा एमाले नरहरीनाथ गाउँपालिका अध्यक्ष टंक विष्टको दाबी छ । ‘दुई ठाउँमा विद्युत आयोजना सर्भे भएको छ’ उनले भने, ‘त्यही भएर पहिला नै पोल र तार खरिद गरेका हौं, निकट भविस्यमा नै विद्युत उत्पादन हुनेछ ।’

स्थानीय बासिन्दाले गाउँमा कँही कतै पनि विद्युत आयोजनाको सर्वे भएको जानकारी नभएको बताएका छन् । जिल्लामा हाल एउटा मात्र पाँच सय किलोवाटको शान्तिघाट साना जलविद्युत आयोजना रहेको छ । पोल गाडिएका गाउँहरुले नेपाल विद्युत प्राधिकरण कालिकोट शाखासँग कुनै सम्पर्क गरेका छैनन् । यस्तै त्यस क्षेत्रमा अहिले बिजुली लैजाने तयारी नरहेको नेपाल विद्युत प्राबिकरण शाखा कार्यालय कालिकोटले समेत स्पट पारेको छ ।

हचुवाको भरमा योजना

स्थानीय बासिन्दाले भने हचुवाका भरमा योजनाहरु छनौट भएको गुनासो गरेका छन् । स्थानीय आवश्यकता भन्दा पनि मिलेमतोमा स्वार्थ पूरा गर्न बिजुलीका पोल र तार खरिद गरिएको उनीहरुको आरोप छ । हचुवाका भरमा बिजुलीका पोल र तार खरिद गरिएको नरहरीनाथ गाउँपालिकाका सामाजिक कार्यकर्ता विरेन्द्रबहादुर बुढाले बताए ।

‘हचुवाको भरमा गाउँमा बिजुलीका पोल र तार खरिद गरियो’ उनले भने,‘यसमा तत्कालिन गाविस र राजनीतिक दलका बोर्ड सदस्यहरुले बजेटको चरम दुरुपयोग गरे, खर्च गरेको बजेटले कुनै उपलब्धी नै दिएन ।’ करौडो रुपैयाँ खर्च गरेर गाडिएका बिजुलीका पोल र तारहरु अहिले अलपत्र अवस्थामा छन् । यसरी अलपत्र पारिएका साविकका पाँच वटा गाविसमा गाडिएका बिजुलीका पोल र तारमा भएको वास्तविक खर्च उपलब्ध गराउनसमेत आनाकानी गरिएको छ । ‘ठुलो रकम दुरुपयोग भएको छ, त्यो योजना हामीलाई चाहिएकै थिएन’ स्थानीय रामबहादुर बटालाले भने,‘हचुवाका भरमा पोलहरु गाडियो, बजेट मात्र सक्ने काम गरे ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक