2026-07-25 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

चुनावसंग जोडिएन गरीबी, दिनहुँ भारत जानेको लर्को

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । आगामी मंसिर १० गते हुने निर्वाचननजिकिदैँ गर्दा यहाँका स्थानीयबासी चुनाव भन्दा पनि रोजगारीका लागि भारत जान थालेका छन् । 

गाउँमा रोजगारी कुनै व्यवस्था नहुँदा जिल्लाका पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाका अधिंकास मानिसहरु रोजगारीका लागि चुनावको मुखैमा भारत लगायतका नेपालका बिभिन्न सहरमा पसेका हुन् ।

गाउँघरमा चुनाव भन्दापनि मानिसहरुले  रोजगारीको चिन्ता बढी भएका कारणले भारत लगायतका देशका बिभिन्न सहरमा पसेका गाउँहरु प्रायःखाली रहेको मतदाता रोक्नपनि नसकिएको नेपाली कांग्रेसका उपसभापति शंकर उपाध्यायले बताए । ‘मानिसहरु रोजगारीका लागि भारत लगायतका नेपाल कै विभिन्न सहरमा पसेका छन्’ उनले भने, ‘रोक्न पनि सकिदैँन् । रोजगारीमा जाने यही मौसममा हो ।’ 

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारहरू मनोनयन दर्ता गरेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । सबै पार्टीले गाउँ–गाउँमा पुगेर चुनाव अघि कतै नजान आफ्ना कार्यकर्ता र आम मतदातालाई आग्रह गरिरहेको भएपनि कालिकोटमा बामगठबन्धन दलमा आवद्ध कार्यकर्ताहरु आफ्नो पार्टीले सहजै जितिहाल्ने भनेर रोजगारीमा गएको, लोकतान्त्रिक दलसँग आवद्ध कार्यकर्ताहरु आफुहरु हार मानेर रोजगारीमा जाने गरेको तिलागुफा नगरपालिका–१ नाग्मबजारका मायालाल महताराले बताए । ‘गाउँमा रोजगारी को कुनै व्यवस्था छैन्’ उनले भने,‘कैयौं मान्छे मतहालेर के पाउँछौं । काम गरे बर्षभरी खान त पुग्छ भनेर मुग्लान पसेका छन् ।’

गाउँमा रोजगारीको व्यवस्था नभएको र नेताहरुलाई मतहालेर मात्र खान नपुग्ने त्यसैले भारतमा रोजगारीमा जाने लागेको तिलागुफा नगरपालिका १ नाग्मका नयाँराम भेरिकारले बताए । ‘नेताहरुलाई भोट हालिकन के दिन्याछन्’ उनले भने,‘भारत गया बर्खाभरी खान त पाइन्छ ।’

दलहरुले कालिकोटमा ४० प्रतिशत मतदाता भारत लगायतका देशका विभिन्न सहरमा रोजगारीको गएको अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ