2026-09-15 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै

कात्तिक ३०, कपिलवस्तु । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ । 

स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो । 

कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराको चोरी निकासी बढ्दै गएको स्थानीयवासीले बताएका छन् । चोरी निकासी बढेपछि सरोकारवालालाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय विश्वराज पाण्डेले बताउनुभयो । 

साइबेरियालगायतका देशबाट आउने पाहुना चराका साथै दुर्लभ कछुवा, माछासमेत ताल क्षेत्रबाट चोरी निकासी बढिरहेको छ । ताल क्षेत्रको संरक्षणको जिम्मा लिएका विभिन्न सरोकारवाला र स्थानीय तहले समेत चासो नदेखाएको स्थानीयवासीको आरोप छ । विश्व रामसार क्षेत्रमा सूचीमा सूचीकृत यस तालको संरक्षणको नाममा विभिन्न संगठन, सञ्जाल र संस्था गठन भए तापनि प्रभावकारीरुपमा काम गर्न नसकेको स्थानीयवासी प्रदीप थापाले बताउनुभयो । 

चराको चोरी निकासी बढ्न थालेपछि आफूले सो विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीसँग चोरी निकासी रोक्नका लागि पहल थालेको कपिलवस्तु नगरपालिका– ८ का वडाध्यक्ष शिव वाग्लेले बताउनुभयो । 

कपिलवस्तु नगरपालिका– ९ निग्लीहवामा रहेको जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ