2026-07-26 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

९ दर्जनका लागि १ हजार बढी कर्मचारी खटिए

दलसिंह गिरी/मंसिर ६, कालिकोट । १ सय ९ मतदान केन्द्र रहेको कालिकोटमा आगामी १० गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन । 

चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान अधिकृत, प्रहरी र म्यादी प्रहरी खटिएका हुन् । ६४ हजार ९ सय मतदाता रहेको यस जिल्लामा सुरक्षाका दृष्टिकोणले अति सम्वेदनशिल मानिएको छ । 

जम्मा मतदान केन्द्र मध्य ६८ वटा अति संवेदनशिल, २९ संवेदनशिल र २ वटा मतदान स्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे बताए ।

‘सुरक्षा संवेदनशिलता हेरेर सुरक्षाको भरपुर व्यवस्था गरेका छौं’ उनले भने,‘३ सय ३५ सशस्त्र प्रहरी, ६ सय ५० जनपथ, ४ सय नेपाली सेना र ९ सय १३ जना म्यादी खटाइएको छ ।’

निर्वाचनलाई सम्पन्न गर्नका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मी मतदान अधिकृतहरु खटाई सकिएको जिल्ला निर्वाचन कार्यालय कालिकोट प्रमुख मणिराम भट्टराईले बताए । 

मतदान अधिकृत सहायक सहित १२ सय ४६ जना कर्मचारी खटाइएको छ । ‘जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्’ उनले भने,‘अन्य निर्वाचन साम्रागी सबै ठाउँमा पुगिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ