2026-09-14 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

गृहसहितको उच्च पदस्थ टोलीद्वारा कालिकोटको सुरक्षा अवस्था बारे अनुगमन

दलसिंह गिरी/मंसिर ९, कालिकोट । सुरक्षा अवस्था बुझ्न गृह सचिव सहितका सुरक्षा अधिकारी कालिकोट पुगेका छन् । 

नेपाली सेनाको हेलिकोप्टरमा गृह सचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहवहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका जर्नेल शरद गिरी, मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधान लगाएतको टोलिले यहाँको सुरक्षा अवस्था बुझेको हो । 

टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । टोलीले अतिसंवेदनशील मतदान केन्द्र माल्कोट, राम्नाकोट र पलातामा पुगेर सुरक्षा अवस्थाबारे जानकारी समेत लिएरको हो ।

शनिवार विहान सुरक्षाकर्मीले कालिकोटको माल्कोटस्थित सल्लारुखका केही घरमा विप्लव पक्षले राखेका निर्वाचन विरोधी पर्चा र झण्डा हटाएको छ । गाउँ गाउँमा सुरक्षाकर्मी आएपछि विप्लव समर्थक स्थानीय भने घर छाडेर गएका छन् ।

चुनाव बहिष्कार गर्न पाउने जनताको अधिकार खोसेर राज्य पक्ष दमनमा उत्रिएको विप्लव पक्षका नेता मनिलाल ऐडीले प्रतिक्रिया दिएका छन् । उनले पक्राउ परेका देशभरमा आफ्ना नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् । 

यता शुक्रबार राती पलाता गाउँपालिका ६ को जाँफे प्राविमा मतदान गराउन गएका क्रमचारी माथि नेकपा विप्लप समूहका कार्यक्रताले ढुंगामुढा गरेका छन् । 

ढुंगामुढा पछि नेपाल प्रहरीले हवाई फायर गरे संगै उनीहरु भागेको प्रहरी निरिक्षक निरोज चौलागाईले बताए । नेकपाका कार्यक्रताले पलाँता ४ को छलाहाँमा राँके जुलुस समेतको स्थानीयले बताएका छन् ।      सुरक्षा ब्यवस्था कडा पारिको भएपनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइ रहेका छन् ।

पलातामा मदिरा प्रतिबन्ध

गाउँको सबैभन्दा ठूलो समस्या मदिरा भएपछि स्थानीय चुनावमा पलाता गाउँपालिकाका सबै पार्टीका उम्मेदवारहरुले मदिरा नियन्त्रणलाई मुख्य नारा बनाएका थिए । भर्खरै सम्पन्न गाउँपालिका परिषदले मदिरालाई प्रतिबन्ध लगाएको छ । 

गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले खाद्यान्न नपाइने विकट ठाउँमा अन्न कुहाएर बनाएर बनाएको रक्सीले कलह निम्त्याएर मदिरा निषेध गरिएको बताए । ‘गाउँमा रक्सी पार्न र बाहिरबाट जाने पक्की (बोतलको) मदिरा लैजान पूर्ण रुपमा प्रतिबन्ध लगाएका छौ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ