2026-07-03 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा ५७ प्रतिशत मतदान, मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

2017-11-27

दलसिंह गिरी/मंसिर ११, कालीकोट  । आइतबार सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा कालीकोटमा ५३ प्रतिशत मतदान भएको छ । 

कालीकोट जिल्लाको कूल मतदाता ६४ हजार ९ सय ६१ रहेकोमा आइतबार ३७ हजार १ सय १३ जनाले मात्र मतदान गरेको कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

आइतबार जिल्लाका ९९ मतदान स्थलमा रहेका १ सय ९ मतदान केन्द्रमा मतदान भएको थियो । ‘जिल्लाका सबै मतदान केन्द्रको मतदानको अवस्था हेर्दा ५७.१३ प्रतिशत मतदान भएको छ’ प्रजिअ गैरेले भने, ‘६४ हजार ९ सय ६१ कूल मतदाता रहेकोमा आइतबार ३७ हजार १ सय १३ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ५७.१३ प्रतिशत हो ।’

पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कालीकोटमा पुरुषको तुलनामा महिला मतदाताले बढी मत खसालेका छन् । पुरुषका मतदाताभन्दा झण्डै २ हजार बढी महिला मतदाता सहभागी भई मतदान गरेका नबन् ।

जिल्लामा मतदान गरेका ३७ हजार १ सय १३ जना मतदातामा १९ हजार ४ सय ७ महिला रहेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय कालिकोटले जनाएको छ । जिल्लमा १७ हजार ७ सय ६ पुरुष मतदाताले मतदान गरेको बताइएको छ ।

जिल्लामा पुरुष मतदाताहरु रोजगारीका लागि भारत लगायतका अन्य क्षेत्रमा काम गर्न गएका कारणले महिलाहरुको मत बढी खसेको हुनसक्ने जिल्ला संमन्वय समिति कालिकोटका सदस्य नेत्रबहादुर शाहीले बताए । 

‘अधिंकास पुरुष मतदाता भारतलगाएतका अन्य ठाउँमा रोजगारीका लागि गएका कारणले महिलाहरुको मतदान बढी भएको हो’ उनले भने, ‘जिल्लामा रोजगारी नहुदाँ यो समस्या आएको हो ।’

मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका सदरमुकाम ल्याइएको छ । कालीकोटका दुर्गम पलाता नरहरीनाथ, सान्नी त्रिवेणी र पचालझरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

नरहरीनाथ गाउँपालिकाको १३, पचाल झरनाको ४, पलाताको १३ र शानिनत्रिवेणीको २ मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमा ल्याइएको प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । ‘भौगोलिक विकटता र सुरक्षा संवेदनशिलताका कारणले मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था रहेकोले हेलिकोप्टर प्रयोग गरिएको हो’ उनले भने, ‘जिल्लाका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइ सकिएको छ ।’

पहिलो चरण अन्तर्गत कालिकोटमा आइतबार मतदान भएको थियो । सदरमुकाम आसपासका र सडक संजालको छोएका केही ठाउँको मतपत्र शनिबार राती नै सदरमुका पु¥याइएको थियो । 

पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन