2026-09-14 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्द बाकसमा नेताको ढुकढुकी, ढोकामा कार्यकर्ताको डिउटी

मंसिर १४, कालिकोट । पहिलो चरणमा भएको निर्वाचनका मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन् । 

कुनै पक्षले अप्रिय काम नगरोस् भनेर दलका कार्यकर्ता खटेका हुन् । जिल्ला अदालत कार्यालय कालिकोटमा राखिएका मतपत्र सुरक्षा गर्न लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका ७/७ जना कार्यकर्ताहरुले ड्युटी गर्ने गरेका छन् । 

पहिलो चरणमा सम्पन्न भएको निर्वाचनको मत गणना मंसिर २१ मा हुने दोस्रो चरणको मतदान सकिए पछिमात्र हुने कार्यक्रम छ । मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरि राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि भन्दै कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले तोकेका नेता कार्यकर्ता सुरक्षाका लागि खटिने गरेका छन् ।

कार्यकर्ता प्रहरीसँगै मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्लास्थित सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयलाई समेत हम्मेहम्मे परेको छ । तत्काल गणना नहुने भए पछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न पनि गाह्रो भएको छ । त्यस अघिल्तिर हतियारधारी प्रहरी जवानले पालैपालो २४सै घण्टा पहरा दिइरहेका छन् भने अर्को घेरामा सशस्त्र र नेपाल प्रहरीका जवानको घेराले पहरा दिएको छ । 

उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताले पनि पहरा दिइरहेका छन् । मतपेटिका राखेको भवन परिसरमा उम्मेदवार तथा प्रतिनिधिले २४सैं घण्टा पहरा दिने गरेको एमाले पार्टी जिल्ला सचिव चित्रसिंह गाउँलेले बताए । ‘दलका कार्यकर्ताहरुलाई बस्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले छुट्टै स्थानको व्यवस्था गरेको छ’ उनले भने, ‘उम्मेदवार आफू नै उपस्थिति हुने र नभएमा प्रतिनिधि मतपेटिका राखेको स्थानमा पठाउने गरेका छन् ।’

मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्न दुई दलका तर्फबाट परिचय पत्रका व्यवस्था गरेर सुरक्षा दिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ