2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका विद्यालयमा मोवाइल प्रतिबन्ध

मंसिर १६, कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाले विद्यालय हातामा मोवाइल, धुम्रपान, मदिरा तथा जुवातास खेल्न नपाईने निर्णय गरेको छ । शनिबार गाउँपालिकामा बसेको शिक्षा विभागको बैठकले गाउँपालिकाको शैक्षिक विकासका लागि विद्यालय हातामा नबने धुम्रपान, मदिरापान सेवन तथा बिक्रि बितरण र जुवातास खेल्न र खेलाउन प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यालय समयमा विद्यार्थीहरुका लागी मोवाइलसमेत प्रतिबन्ध लगाएको नरहरीनाथ गाउँपालिका प्रवक्ता तथा शिक्षा विभाग प्रमूख गगन फडेराले बताए । ‘विद्यालय आसपासका पसलहरुमा धुम्रपान र मदिरा बिक्रि तथा जुवातास खेल्न र खेलाउन पाइने छैन’ फडेराले भने, ‘विद्यालय समयमा विद्यार्थीले मोवाइल पनि प्रयोग गर्न पाउने छैनन् ।’ 

 गाउँपालिकाको निर्णय अटेर गर्ने शिक्षक विद्यार्थी र अन्य व्यपारी कार्वाही गरिने उनले बताए । नरहरीनाथमा शैक्षिक गुणस्तर बढाउन तथा विद्यार्थीहरुलाई विद्यालयमा नियमित गराउन गाउँपालिकाले विद्यार्थी पाउँदै आएको खाजा भत्ता अनिवार्य दिनु पर्ने तथा अन्यत्र प्रयोग गर्न नपाउने निर्णय समेत गरेको छ । 

यस अघि कतिपय विद्यालयले विद्यार्थीको खाजा रकम कटाएर शिक्षकलाई तलव खुवाउने तथा भौतिक पूर्वाधार निर्माणसमेत खर्च गर्ने गरेका थिए । गाउँपालिकाले विद्यार्थी बसाई व्यवस्थापन तथा विद्यालय मर्ज गर्ने र शिक्षक सरुवामा पनि कडाइ गर्ने भएको छ ।

गाउँपालिकामा रहेका विद्यालयहरुको भौतिक निर्माणमा प्रधानाध्यापकको सहभागिता शुन्य गरी विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण जिम्मेवारी लिनु पर्ने र शिक्षक विद्यार्थीको हाजिरीमा कडाइ गर्ने निर्णय गरेको प्रवक्ता फडेराले बताए । 

‘हामीले हाम्रो गाएँपालिकाके शैक्षिक सुधारका लागि आवश्यक नीतहरु तय गरेका छौ’ उनले भने, ‘यसको प्रभावकारी कार्यान्वयनले यहाँको शैक्षिक बिकासमा मद्यत पु¥याउने छ ।’

शनिबार गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टको प्रमूख आतिथ्यतामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष  मनशोभा बुढा, स्रोत व्यक्ति राप्रसाद भुषाल लगायतले गाउँपालिकाको शैक्षिक सुधारका लागि सबैको सहयोग आवश्यक भएको बताएका छन् । 

शिक्षा विभाग प्रमूख गगन फडेराको अध्यक्षतामा भएको बैठकमा गाउँपालिकाका ५२ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ