युवराज पाण्डे | मंसिर १७, कपिलवस्तु | (रासस) | कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहनुभएका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवराज पाण्डे | मंसिर १७, कपिलवस्तु | (रासस) | कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहनुभएका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्र"/>
२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पुर्ब माओवादी कमान्डर र पुर्व राजदुतबीच प्रतिष्पर्धा

२०७४, १७ मंसिर आईतवार ११:४७

युवराज पाण्डे | मंसिर १७, कपिलवस्तु | (रासस) | कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहनुभएका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । 

उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आउनुभएको हो । खनाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । 

फरक फरक पृष्ठभूमिका दुबै विसं २०७० को संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार बलराम अधिकारीसँग पराजित हुनुभएको थियो । निर्वाचनका विषयमा जोड घटाउ भइरहँदा उहाँहरुको उम्मेदवारीले नै यहाँको चुनावी माहोल तताएको छ । 

विकास निर्माणकै मुद्दालाई प्रमुख चुनावी एजेण्डा बनाउनुभएका उहाँहरुले बाटोघाटो, पुलपुलेसा, खानेपानी, पर्यटन, शिक्षा र स्वास्थ्यलाई नै दोहोर्याइआएका छन् । 

उम्मेदवार उठाएका अधिकांश राजनीतिक दलले उठाएका विषयसँग मिल्दोजुल्दो माग यहाँका मतदाताको पनि छ । 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका अल्ताफ अहमद खानले आफ्नो क्षेत्रमा बाटो, खानेपानी र शिक्षाको समस्या समाधान भए जीवनस्तर माथि उठ्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो – “विद्यालय नभएका कारण अहिले पनि हाम्रा बच्चा मदरसा शिक्षाको भरमा छन् ।” 

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (क) का एमालेका उम्मेदवार विष्णु पन्थीले कृषिको आधुनिकीकरण र पर्यटन प्रर्वद्धन गरेर समृद्ध कपिलवस्तु बनाउन सकिने तर्क गर्दै सडकको स्तरोन्नति र कालोपत्र गर्ने काम प्रमुख एजेन्डा भएको बताउनुभयो । 

कतिपय स्थानमा पुलपुलेसाको निर्माण आवश्यक भएको ठान्नुहुने उहाँ जनताको जीवनस्तर उकास्न उद्योग खोल्न प्रोत्साहन दिई रोजगारी सिर्जना गरिने बताउनुहुन्छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ का सङघीय समाजवादी फोरम नेपालका उम्मेदवार अब्दुल रसिद खाँ अहिले पनि अस्पताल नभएका कारण दुर्गम क्षेत्रमा महिलाले बच्चा जन्माउन नसकेर मृत्यु हुने अवस्था विद्यमान रहेको र कतिपय स्थथानमा दश जोड दुईका क्याम्पस पनि नभएको तितो यथार्थ सुनाउनुहुन्छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार दीप कुमार उपाध्यायले पूर्वाधार विकास, सिँचाइ र आर्थिक तथा सामाजिक रुपान्तरण यहाँको चुनावी मुद्दा भएको बताउनुभयो । 

जिल्लाको दक्षिण भेगमा अहिले पनि चेतनाको कमी रहेकाले आर्थिक तथा सामाजिक रुपान्तरण चुनौतीको विषय भएको उहाँ स्वीकार्नुहुन्छ । 

राप्ती नदीको पानी लिफ्टिङ गरेर सिँचाई गर्ने परियोजनामार्फत जिल्लाको धेरै हेक्टर क्षेत्रफलमा सिंचाई गर्न सकिने उहाँ बताउनुहुन्छ । 

छवटा नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन् । तीमध्ये पुरुष १ लाख ६९ हजार ४६४ र महिला १ लाख ४२ हजार २९४ छन् भने तेस्रो लिङ्गी २ जना रहेका छन् । यहाँ २५ हजार २१२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । यसअघि भएको संविधानसभाको निर्वाचनमा मतदाताको सङख्या २ लाख ३८ हजार ८५७ मात्रै थियो । 

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल मतदान केन्द्र ४१० र मतदानस्थल २३३ तोकिएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २ हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा गरी कूल ९६ वडा छन् । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राजपा लगायत १९ वटा दल र स्वतन्त्र गरेर प्रतिनिधिसभामा ५६ जना र प्रदेशसभामा १३० जनाले उम्मेदवारी दिएका छन् । 

कपिलवस्तुका निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जिल्लामा निर्वाचनका लागि कूल ३ हजार २७९ कर्मचारी परिचालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार विगतका निर्वाचन भन्दा यसपटक निर्वाचन आचार संहिता उल्लंघनका घटना कमै भएका छन् । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले १५३ मतदानस्थल अति संवेदनशील, ६५ स्थल संवेदनशील र १५ मतदानस्थल सामान्य ठानेर वर्गीकरण गरेको जानकारी दिँदै भारतसँग जोडिएको नाकालाई सोमबार १२ बजेदेखि नै बन्द गरिने बताउनुभयो । 

उहाँले नाकाबाट हुनसक्ने आपराधिक गतिविधिलाई निगरानीमा राखिएको र भारतीय पक्षसँग सूचना आदानप्रदान पनि भइरहेको बताउनुभयो । निर्वाचनका लागि यस जिल्लामा कूल पाँच हजार ३३७ सुरक्षाकर्मी परिचालन भएका छन् । यस जिल्लाको दक्षिणी भेगमा मधेसी समुदायको बाहुल्यता छ भने उत्तरी भेगमा पहाडी समुदायको बाहुल्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो