Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मतगणना हुन १ दिनमात्र बाँकि हुँदा कालिकोट निर्वाचन कार्यालयले गारायो यस्तो जानकारी

२०७४, २० मंसिर बुधबार १६:३१

दलसिंह गिरी/मंसिर २०, कालिकोट । प्रतिनिधी सभा र प्रदेश सभाको लागि पहिलोचरण यहि मंसिर १० गते भएको निर्वाचनको मतगणनाको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विहिबार बेलुका ५ बजेदेखि मतगणना शुरु गरिने गरी तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको जनाएको हो । मतगणनालाई सहज र चुस्त ढंगबाट सम्पन्न गराउन दल र उम्मेद्वार सहितको वैठकले मतपत्र वदरका संम्वन्धमा मान्ने हुने र मान्ने नहुने विषयमा निर्यण गरेको छ ।


मतगणनामा यो पटक प्रत्रकारलाई भने मतगणना स्थलमा प्रवेश गर्ने अनुमति नदिने तर मत गणना शुरु गर्दा केहि समय मात्र भित्र जानकारी र भिडियो डकुमेन्ट्री वनाउन र रिपोटिङमा केहि समय वस्न मिल्ने, अन्य समयमा बाहिरवाटै रिपोटिङ गर्न दिइने मुख्य निर्वाचन अधिकृत्र कृष्ण मुरारी सिवाकोटीले वताउनु भएको छ । बैठकमा मतगणना सम्बन्धी साझा सहमति तयार गरिएको अधिकृत सिवाकोटिले वताउनु भयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ जिल्ला अदालत भित्रै मतगणना गरिने कार्यालयले जनाएको छ । यतिबेला मतगणनास्थलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको कार्यालयले जनाएको छ । 

गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको, त्यस्तै प्रतिनिधिहरुका लागि घेरबार लगाइएको अधिकृतले बताउनु भएको छ । अधिकृतका अनुसार प्रतिनिधि सभाका लागि एउटा कोठामा दुई ठाउँबाट र प्रदेश सभाका लागि छुट्टाछुट्टै गरी जम्मा ३ वटा कोठाबाट मतगणना गरिनेछ । मतगणनाको लागि एउटा समुहमा ६ जना गणक कर्मचारीहरु खटाइनेछ । अन्तिम नतिजा ३ दिनभित्र आइसक्ने अनुमान गरिएको अधिकृतले बताउनु भएका छ । 

प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ । ६४ हजार ९ सय ६१ मत दाता रहेको कालिकोटमा मतदान भने ४२ हजार ७ सय ४१ अर्थात ६५ प्रतिशत मात्र खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश