2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

टाउको फोड्नेहरुको बुई चढ्दा एमाले उम्मेदवारको मत परिणाम सुल्टियो

दलसिंह गिरी/मङ्सिर २१, कालिकोट । करिव २०६६ साल तिर पार्टी कार्यालयमा बसिरहेको अवस्थामा तत्कालिन नेकपा माओवादीको आक्रमणमा परी टाउको फोडिएका एमालेका पूर्व अध्यक्ष कुमराज शाहीलाई बाम गठबन्धनले ठूलो राहत मिल्ला जस्तो देखिएको छ ।

अहिले भईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको मत गणनाको परिणाम हेर्दा शाहीको अग्रता देखिएको छ । प्रदेश सभा क्षेत्र नं. क मा बाम गठबन्धनको तर्फबाट प्रदेश सभाको उम्मेदार उठेका शाहीले यो समाचार तयार पार्दा सम्म भारी मतान्त्ररले अगाडी बढेका देखिन्छन् । 

बाम गठबन्धनका शाहीले १ हजार ३ सय २५ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रिक गठबन्धनका नेपालीकांग्रेस उम्मेदार टेकराज शाहीले ३ सय ११ मत ल्याएर पछी पछी दौडिएका छन् ।

तत्कालिनका माओवादीले २०६५ चैत्र मसान्त तिर नेपाल बन्द गरिरहेको बेला नेकपा एमालेले पार्टी अफिस खोलेको भन्दै तत्कालिन अध्यक्ष शाहीलाई आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेको थियो ।

यस्तै प्रतिनिधि सभाको लागि कालिकोटबाट बाम उम्मेदार दुर्ग बहादुर रावत ८ सय ७ मतले अग्र स्थानमा रहेका छन् भने उनका प्रत्यासी लोकतान्धिक गठबन्धनबाट नेपाली कांग्रेसका भुपेन्द्र जंग शाही ५ सय ८५ मत ल्याएर पछि पछी दौडिएका छन् । 

उता प्रदेश सभाका लागि क्षेत्र नं. ख का उम्मेदार लोकतान्त्रीकका सहकारी र बामका शाही विच १ सय ५० मतको अन्तर रहेको छ । शाही भन्दा सहकारी अगाडी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ