Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भारी मतान्तरले अगाडी लम्किने को हुन् रावत ?

२०७४, २१ मंसिर बिहीबार १७:४४

दलसिंह गिरी/मंसिर २१, कालिकोट । प्रतिनिधि सभाका लागि कालिकोटबाट बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत आफ्ना प्रत्यासीलाई १ सय ५० मतले पछाडी पार्दै अगाडी लम्किएका छन् । 

अहिले जारी रहेको मत परिणाम अनुसार यो न्यूज तयार पार्दा सम्म बाम गठबन्धनबाट नेकपा माओवादीका केन्द्रका रावतले १ हजार १ सय ४२ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका उम्मेदार एवं नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले ९ सय ९२ मत ल्याएर पछ्यायी रहेका छन् ।

को हुन् त रावत ?

रावत नेकपा माओवादी केन्द्रका जिल्ला इचार्ज एवं अहिलेको प्रतिनिधि सभाका लागि कालिकोटबाट बामगठबन्धनका साझा उम्मेदार रहेका छन् । शारीरिक रुपमा दुबै खुट्टाको जन्मजात अपांग रावत तत्कालिन माओवादीबाट संचालित १० बर्षे जनयुद्धका राजनीतिक योद्धाहुन् ।


युवा उमेरमै माओवादीको बैधानीक कार्यकर्ता भएर युद्धमा होमीएका रावत अधिल्लो सम्बिधान सभाको निर्वाचनको बेला उम्मेदारका लागि दाबेदार मानिएपनि पछि माओवादीको केन्द्रीय निर्णय अनुसार माओवादीका तत्कालिन जनमुक्ती सेनाका लडाकु कमाण्डर महेन्द्र बहादुर शाही प्रज्वल उम्मेदार रही विजय भएका थिए ।

यो पटकको प्रतिनिधि सभाको लागि उम्मेदार छनोटमा ठूलो सकस भएपनि अन्तत प्रतिनिधि सभाका मुख्य दाबेदार महेन्द्र बहादुर शाहीले प्रदेश सभाका लागि क्षेत्र नं. ख बाट उम्मेदार दिएपछि रावतले प्रतिनिधि सभाको उम्मेदारका लागि स्थान पाएका थिए ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश