2026-07-27 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो

मङ्सिर २८, कपिलवस्तु । यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । 

प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ । 

प्रतिनिधिसभातर्फ दुई लाख ३० हजार ९२ मत गणना गरिएकोमा २९ हजार ८९५ मत बदर भएको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्रमा मात्र एमालेले काँग्रेसभन्दा बढी मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ भने एमालेले बढी मत प्राप्त गरेको छ । 

काँग्रेस ६१ हजार २९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी, नेकपा (एमाले) ले ६० हजार ९९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने २१ हजार ९६७ मत ल्याएर राजपा तेस्रो पार्टी, १८ हजार ६६७ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल चौथो बनेको छ भने १० हजार ८३३ मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) पाँचाँै नं मा पुगेको छ । 

कपिलवस्तु प्रतिनिधिसभा एकमा काँग्रेसले २२ हजार ८८५, एमालेले २३ हजार ५९८, माओवादी केन्द्रले पाँच हजार ४८० र राजपाले चार हजार ६३२ मत प्राप्त गरेको छ । 

त्यसैगरी, कपिलवस्तु प्रतिनिधिसभा दुईमा काँग्रेसले २६ हजार ५०, एमालेले २५ हजार ९१, माओवादी केन्द्रले दुई हजार ३१८ र राजपाले पाँच हजार ८७५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, प्रतिनिधिसभा तीनमा काँग्रेसले १२ हजार ३५७, एमालेले १२ हजार ३०५, माओवादी केन्द्रले तीन हजार ३५ र राजपाले ११ हजार ३६० मत प्राप्त गरेका छन् । 

प्रदेशसभामा भने एमालेले ५७ हजार ६२० मत ल्याएर पहिलो भएको छ भने काँग्रेस एमालेपछिको ५२ हजार ८४९ मत ल्याएर दोस्रो, राजपाले १९ हजार ४९८ मतका साथ तेस्रो र संघीय समाजवादी फोरमले १७ हजार १९९ मत ल्याएर चौथो र माओवादी केन्द्र भने १० हजार १७८ मत प्राप्त गर्दैै पाँचौँ भएको छ । 

क्षेत्र १ मा एक लाख १६ हजार ९३७, क्षेत्र २ मा एक लाख दुई हजार ४२० र क्षेत्र ३ मा ९२ हजार ४०३ गरी कुल तीन लाख ११ हजार ७६० मतदाता रहेको यस जिल्लामा क्षेत्र १ मा ८४ हजार ९६०, क्षेत्र २ मा ७६ हजार ९६ र क्षेत्र ३ मा ६९ हजार ३६ मत खसेको थियो । 

जिल्लामा कुल ७३.८० प्रतिशत मत खसेको थियो । त्यसमध्ये जम्मा ८७.०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२.९३ प्रतिशत मत बदर भएको छ । 

प्रत्यक्षतर्फ प्रदेशमा चारवटा सिट वाम गठबन्धनले जितेको थियो भने काँग्रेस र संघीय समाजवादी फोरमले एक÷एक सिट जितेका थिए । 

त्यस्तै, प्रतिनिधिसभातर्फ कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्रबाट चक्रपाणि खनाल (बलदेव), क्षेत्र २ बाट एमालेका वृजेसकुमार गुप्ता र कपिलवस्तु क्षेत्र नं ३ मा नेपाली काँग्रेसका नेता अभिषेकप्रताप शाह विजयी हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट