2026-07-04 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृतक म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख दिईने

पुस ९, काठमाडौं | प्रहरीको गोली लागी मृत्यु भएका म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिईने भएको छ । 

बिनाबिभागीए मन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाँकी १५ लाख म्यादि प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ । मन्त्री शाहीले गृहमन्त्रालयलाई क्षतिपूर्ती रकम दिने निर्णय गर्न दबाब दिएका थिए ।  उनले छानबीन समिति गठन गरि मृतक ऐडिलाई शहीद घोषणा गर्न पनि दबाब दिएका छन् । 

मन्त्री शाहीको निरन्तरको दबाबपछि गृहमन्त्रालयले छानबीन समिति पनि गठन गरेको गृहमन्त्रालयका प्रबक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । दुवाडीका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितीमा  गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विक , प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् । 

समितिले  ७ दिनभित्र प्रतिवेदन बुझाउने गरि समिति गठन गरिएको प्रबक्ता दुवाडीले बताए ।  घटनामा घाइते भएकाहरुको पनि निःशुल्क उपचार गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै