Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरकारी निकायमा सूचना पाउनै कठिन

२०७४, २१ पुष शुक्रबार १५:०३

पुस २१, कालिकोट | राज्य पुनसंरचनापछि जिल्लाका विकासी कार्यालय र स्थानीय तहबाट सूचना पाउन कठिन भएको यहाका नागरिकले गुनासो गरेका छन् ।

सूचना विभागको सहयोग तथा समन्वयमा नेपाल पत्रकार महासंघ कालिकोट शाखाले शुक्रवार मान्ममा गरेको सूचनाको हकसम्बन्धी जिल्ला स्तरीय सरोकारवाला र जनप्रतिनिधिसगको छलफलका सहभागीले नया संरचनामा सूचना कहा कसरी माग्ने र दिने बारे जानकारी नहुदा सूचना पाउन कठिन भएको बताएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आए पनि कर्मचारीको समायोजन नहुदा सेवाग्राही मर्कामा छन् । स्थानीय तहले दिने सिफारिस लेख्ने पनि अधिकांश वडामा वडा सचिव नभएकाले सूचना पाउन पनि कठिन भएको गुनासो छ । 

‘पहिलेकोभन्दा सूचना पाउन अचेल झन कठिन छ’ पत्रकार विस्नप्रसाद न्यौपानेले भने ‘न कार्यालयमा सूचना अधिकारी छन्, न त स्थानीय तहमा प्रवक्ता नै ।’ उनले पहिलेका सूचना अधिकारी सरुवा भएर गइसकेकाले नयाँ नतोक्दा सूचना लिन कठिनाई भएको सुनाए । सूचना शक्ति भएकाले सुशासनमा विश्वास नहुनेले सूचना लुकाउने प्रयास गर्ने अभ्यास रहेको नागरिक समाजका अगुवा लिलाराम न्यौपानेले बताए । सूचनाको हक सम्बन्धी ऐन ०६४ बारे सरोकारवालाई जानकारी गराउने र सूचनाकमा सर्वसाधारणको पहँुच बृद्धि गर्ने उद्देश्यले आयोजित छलफल अन्र्तक्रियाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले विकास निर्माणलगायतका सबै सूचनाको बारे नागरिकलाई सुसुचित गर्नु पर्नेमा जोड दिए ।

तश्विरमा: १ दुई साताअघि जिल्ला अस्पतालमा सुत्केरी हुन नसकी स्थानीय चन्दा शाहको मृत्यु भएपछि कसको कमजोरीले सुत्केरीको मृत्यु भएको हो ? भन्ने सूचना माग्न जिल्ला प्रशासन पुगेका स्थानीय महिलाहरु ।

उनले सर्वसधारण नागरिकलाई सूचनाको हक छ भनेर पनि जानकारी नभएको सुनाउदै स्थानीय तहसग समन्यव गरेर पत्रकार महासंघले गाउँसम्म सूचना लिने र दिने प्रक्रियाको बारे अभिमुखीकरण गर्नुपर्ने बताए । सूचनाले आम नागरिक सशक्त हुने भएकाले सबैले आफूले गरेका गतिविधि जनतासंग पुर्याउन पहल गर्नुपर्ने बताए । निमित्त प्रजिअ राजकुमार दुलालले जिल्ला प्रशासनमा आफू सूचना अधिकारी भए पनि संचारकर्मीहरु सूचना माग गर्न नआउने गुनासो पोखे । उनले जिल्ला प्रशासनको तर्फबाट सबै कार्यालयलाई सूचना अधिकारी तोकेर जानकारी गराउन पहल गर्ने प्रतिबद्धता गरे ।

कालिकोटमा एकथरी सूचना दिनै हुन्न भन्ने मानसिकताका भएका र अर्को थरी जे सुन्यो त्यही प्रचार गर्दै हिड्ने दुई थरी अतिवाद सूचनामा रहेको पचालझरना गाउँपालिका अध्यक्ष खड्क सेजुवालले बताए । उनले आफ्नो गाउँपालिकामा सूचना अधिकारी र प्रवक्ता तोकिसकेको जानकारी दिए । गाउँघरमा सूचना माग्न पत्रकार मात्र आउनुपर्छ भन्ने मानसिकता रहेको सुनाउँदै पलाता गाउपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले जनताप्रति उत्तरदायी हुन सही सूचना जनतालाई दिनुपर्ने बताए । उनले आफ्नो पालिकाले गरेका कामको नियमितरुपमा सार्वजनिक सुनुवाई, संचार माध्यमको प्रयोगमार्फत जनतासंग पुर्याउने योजना रहेको सुनाए ।

सूचना लिने र दिने बीचमा पक्षपात हुने गरेको सुनाउँदै पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले कतिपय ठाउँमा पक्षपात हुने गरेको गुनासो पोखिन् । ‘मन र विचार मिल्नेलाई मात्र सूचना दिने अरुलाई अनेक बहाना बनाएर पन्छाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ’ न्यौपानेले भनिन् ‘सर्वसाधारणलाई सहजै सूचना पाउने वातावरणको खाँचो छ ।’ यहाँका अधिकांश सरकारी कार्यालयले प्रजिअ प्रदिप श्रेष्ठको पालामा सूचना अधिकारी तोकेर क्रियाशील बनाए पनि त्यस यता कार्यालयमा सूचना अधिकारी नै नभएको गैसस महासंघका अध्यक्ष वीरेन्द्र बुढाले बताए ।

छलफल कार्यक्रममा जिल्लास्थित सबै कार्यालयले एक महिनाभित्र सूचना अधिकारी तोकेर जिल्ला प्रशासनलाई जानकारी दिने, ३ वटा नगर र ६ गाउँपालिका गरी ९ वटै तहमा दैनिक प्रशासन सञ्चालनको जानकारी दिन कर्मचारी भएको सूचना अधिकारी र जनप्रतिनिधि रहेको प्रवक्ता तोकेर जिल्ला समन्वय समितिमा पठाउने निर्णय भएको छ । त्यस्तै, तोकिएका सबै सूचना अधिकारी, प्रवक्तासहित कार्यालय प्रमुख, जनप्रतिनिधिसहित जिलला स्तरीय अभिमुखीकरण र कार्ययोजना निर्माण गर्ने सरोकारवालाले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित