2026-09-14 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक: नवनिर्वाचित सांसद

पुस २२, कपिलवस्तु | ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु बनाउन विगत केही समयदेखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा आज सदरमुकाम तौलिहवामा ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने सन्दर्भमा आयोजित अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद चक्रपाणी खनाल “बलदेव” ,क्षेत्र नम्बर २ काबाट निर्वाचित सांसद बृजेश कुमार गुप्ता लगायत, कपिलवस्तु जिल्ला बाट प्रदेश सभामा निर्वाचित प्रदेश सदस्यहरू क्रमशः दिर्घनारायण पाण्डे ,अर्जुन केसी,धर्मबहादुर लाल श्रीवास्तव ,सहसराम यादव ,नगर/गाउँपालिका का प्रमुख/उपप्रमुख लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि हरुको उपस्थित रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बलदेवले कपिलवस्तु लाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइ बाट मात्र होइन सर्वसहमतीबाट हुनुपर्ने बताए  । कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक ,पुरातात्त्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्प नभएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बृजेश कुमार गुप्ताले कपिलवस्तुलाई नेपालका शासक हरुले इतिहास देखि नै उपक्षा गर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तु लाई राजधानी बनाउनु पर्ने बताउनु भयो साथै कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट निर्वाचित प्रदेश सदस्य सहसराम यादवले आफ्नो पार्टीबाट प्रदेश सभामा सहभागी हुने सम्पूर्ण प्रदेश सदस्यहरूले कपिलवस्तुलाई राजधानी बनाउन मतदान गर्ने बताए  । – आभास पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ