2026-07-04 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रुपन्देहीमा राजधानी तोकिएपछि कपिलवस्तुमा आन्दोलन चर्कियो

2018-01-18

माघ ४, कपिलवस्तु । बुधबार बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछी विभिन्न ठाउँमा दिपावली मनाउने र त्यसको बिरोधमा आन्दोलन भइरहेका छन । 


यसै क्रममा ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संघर्ष समितिले आजदेखी अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । अनिश्चितकालिन बन्दले यहाँको जनजीवन विहानैदेखि प्रभावित भएको छ । 

प्रदेश नं ५ को राजधानी कपिलवस्तु  हुनपर्ने माग राख्दै कपिलवस्तु अनिश्चितकालिन बन्द गरिएपछि विहानैबाट सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।


प्रदेश ५ को राजधानी कपिलवस्तु हुने  मागसहित बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रेर प्रदर्शन सुरु गरेका हुन् । राजधानी माग गर्दै सुरु भएको आम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन् ।

बन्दका कारण जनजीवन पुरै प्रभावित भएको छ । बिहानदेखि यातायात, बजार, स्कुल तथा कलेज सबै ठप्प छ । सरकारले कपिलवस्तु लाई इतिहास देखी नै ठग्दै आएको र अहिले पनि यसलाई उपेक्षा गरि अन्यत्र राजधानी तोकेको हुँदा सरकारलाई आफ्नो गल्ती सच्याउन दबाब दिन सडकमा आउन बाध्य भएको कपिलवस्तु युवा संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै