2026-07-05 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा नेकपाले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दियो

2018-01-26

दलसिंह गिरी/माघ १२, कालिकोट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दिएको छ । 

देशैभरी तीन महिने एकिकृत जनजागरण तथा भण्डाफोर अभियान सञ्चालनका क्रममा जनसत्ता घोषणा तथा त्यसको कार्यान्वयन प्रक्रियालाई तिब्रता दिएको पार्टीले जनाएको छ ।


ने.क.पा. का कर्णाली ब्यूरो इन्चार्ज एटम बिसिका अनुसार माघ, फागुन र चैत्र महिना गरी तीन महिने अभियानमा दलाल तथा प्रतिक्रियावादी राजनैतिक चरीत्रको भण्डाफोर, सामाजिक दलाल पुजीबादी राजनैतिक चरित्रको भण्डाफोर, एकिकृत जनवादी क्रान्तिका बारेमा जागरण गर्ने, जन स्तर सम्म संगठन सुदृढ तथा बिस्तार गर्ने, पुरानो सत्ताको खारेज र नयाँ जन सत्ता बिस्तार गर्ने कार्यलाई तिब्रता दिइएको छ । 

नयाँ सत्तालाई ब्यबस्थित र सुदृढ बनाउदै जाने रणनिति अनुसार पार्टीका नेता कार्यकर्ताहरु युद्ध स्तरमा लागिरहेको बिसिको भनाई छ । ब्यूरो इन्चार्ज बिसिले कर्णालीमा जन सत्ता संचालन भइरहेको जानकारी दिदै यो प्रक्रिया देशैभरी लागु गर्ने अभियान थालीएको बताउनु भयो । 

पार्टीले राष्टघात, भ्रष्टाचार,

कमिसन, कालोबजारीका बिरुद्ध जन प्रतिरोध गर्ने पार्टीको रणनिति अनुसार काम भइरहेको भन्दै जन प्रतिनिधिहरुका ब्यबहार अनुसार आफूहरुले पनि आफ्नो ब्यबहार देखाउने बताउनु भयो । 

यो अभियानले मूलुक एक पटक पक्कै हल्लिने र धक्का पुग्ने दाबि गर्दै ब्यूरो इन्चार्ज बिसिले समुन्नत नेपाल निर्माणको अभियानमा आफूहरु लागि परेको पनि जिकिर गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै