२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रियसभाका लागि बामका साझा उम्मेदवार जीवन बुढाको नाफा जिन्दगी

२०७४, १७ माघ बुधबार १६:२०

कृष्णराज धमाला | इच्छा शक्ति हुने हो, कर्तब्यनिष्ट भएर लागि पर्ने हो, सकारात्मक सोचका साथ नित्य कर्म गर्ने हो भने जीवन जस्को पनि सफल हुन्छ । आज यो प्रशंग उठाउने मन लाग्यो । 

रुनेहरु पनि हाँस्छन्

हाँस्नेहरु पनि रुन्छन्

कोही मायालुसँग 

कोही बन्दुक सँग

मायाको साइनो बुन्छन्

मन न हो कहिले फलाम हुन्छ

कहिले भुवाँ हुन्छ

जस्तो बनाउन सक्यो त्यस्तै हुन्छ

आमा बा छोरालाई सम्झीएर रुदा

बिरक्तिन्छ कहिले मन सबैसँग बिछोड हुँदा

अबिरल यात्रामा खुट्टा नकमाई

कर्तब्यको भारीलाई सिरानी सजाउन सके

जीवन सार्थक बन्छ पक्का । 

बन्दुकको नालमा टिकेको राज्य सत्ता बन्दुकबाटै कब्जा गर्ने अभियानमा होमीएर नाफाको जिन्दगी पाएका कालीकोटका यूवा नेता जीवन वुढाको जीवनको उर्जाशिल समय बन्दुक, राइफल, बारुद सँग मितेरी लगाउँदै बित्यो । आन्दोलनमा गरेको योगदानको मूल्यांकन स्वरुप राष्ट्रिय सभा सदस्यका लागि साझा उम्मेदवार बन्ने स्वर्णिम अवसर पाएका तिनै जीवन बुढा सँग कुराकानी गर्ने क्रममा कतिबेला आबेग त कति बेला भावुक हुँदै उनले भने जीवनको जीवन नाफाको हो । 

२०५२ सालमा १५ बर्षको उमरेमा तत्कालीन नेकपा माओवादीको यूवा संगठन वाईसीएलको सदस्य बाट राजनीतिक यात्राको थालनी गरेका जीवन बुढाले जिन्दगीको उर्जाशिल समय लडाईमै बिताए । 

जीवन बुढाको राजनैतिक यात्रा

  • २०५२ को अन्तिममा छापामार सदस्य
  • २०५५ मा छापामार दल अध्यक्ष
  • २०५६ मा प्लाटुन सेक्सन कमाण्डर
  • २०५७ मा प्लाटुन कमाण्डर (सुदर पश्चिम)
  • २०५८ मा कम्पनी कमाण्डर (सुदर पश्चिम)
  • २०५८ मा बटालीयन कमाण्डर (सुदर पश्चिम)
  • २०६० मा ब्रिगेट कमाण्डर (सुदर पश्चिम) तेश्रो डिभिजन
  • २०६२ मा डिभिजन सहायक कमाण्डर ( सातौं डिभिजन)
  • २०६६ मा निमित्त डिभिजन कमाण्डर
  • सातौं महादीवेसन आयोजक समिति सदस्य
  • पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको दोश्रो कार्यकालमा प्रधानमन्त्री को स्वकिय सचिव
  • हाल पोलीटब्यूरो सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज
  • ११६ वडा लडाईमा सहभागी
  • १३ पटक गोली लागि घाइते (८ सामान्य, ५ गम्भिर) 

जीवनको लडाइको जीवनमा म्याग्दिमा भएको लडाई ६ घण्टा चल्यो, जस्मा  १६४ जना माओवादी लडाकु मरेको घटना अबिस्मरणिय छ । कालीकोटको पीलि, जुम्ला लगायतका प्रायजसो भिडन्तहरुमा जीवनले आफै योजना बनाएका हुन् र भिडन्तको अग्र मोर्चामा रहेर नेतृत्व पनि गरेका थिए । संघिय जनवादी गणतन्त्र स्थापना गर्ने सुन्दर परीकल्पना सहित युद्धमा होमीए का जीवनको जीवन नाफाको हो । परीकल्पना पूर्ण नभएपनि सम्झौता र सहमतिमा प्राप्त गरेको उपलब्धिमा उनले चित्त बुझाएका छन् । यदि त्यो लडाईलाई निरन्तरता दिएको भए मुलुक यो अबस्था नपुगी थप घाटा हुने उनको ठम्म्याई छ । 

कुन बेला को कहाँ मर्छ, कति मिनेटको जिन्दगी हो, कुनै पत्तो नपाउने गरी युद्धमा होमीएका जीवनलाई गोली सँग मित्रता गाँस्नुको बिकल्प थिएन । पीडाहरुको गरुङ्गो भारी बोकेर पनि खुसीको बिउ छर्ने अभियानमा लागेका जीवनलाई बिगत सम्झेर पछुत्ताउने समय छैन । सुन्दर भविष्य बोकेर अनवरत यात्रामा होमीने बानी भएका उनी योजना अनुसार काम गर्छन् र टुंगोमा पुग्छन् । आफ्नो सामथ्र्यले भ्याए सम्म सबै अभिभारा पुरा गरेको दाबी गर्ने जीवन निराश छैनन्, खुसी छन् र राम्रो हुनेमा आशावादी पनि । जीवन सहभागी भएका लडाई र प्लान सबै सफल भएकाछन् ताकी अधुरो, अपूरो, नहुने क्षति पनि भएको छैन । योजना राम्रो भयो र त्यसको कार्यान्वयनमा पनि ध्यान दिनेहो भने थालीएका सबै कार्यहरु सफल हुनेमा उनी विश्वास गर्छन् ।

घरपरिवारको सहानुभूति र माया अटुट् रुपमा पाएका जीवन युद्धमा होमी रहदा पनि परिवारका सदस्यबाट निरन्तर सहयोग मिलीरह्यो । परिवारमा राजनैतिक बिश्लेषण गर्ने अरु कोही थिएन, थिए त उनी आफू मात्र । आमा वुवा, दाजु भाउजु, कसैबाट युद्धमा गएकोमा बिरोध आएन । युद्धकाल भरी तिन पटक मात्रै आमावुवालाई भेट्न पाएका थिए जीवनले । कैयौं पटक आफू मरेको खबर पाएर आमा वुवाले माया मारेको सम्झना जीवनले कहिल्यै बिर्सन सक्दैनन् । घर भेट्न आएर फेरी मोर्चामा फर्किने क्रममा आफ्नो दृष्य देखुन्जेल सम्म टोलाएर आमावुवाले हेरेर चित्त बुझाउने गरेको दृष्य जीवनका मानसपटलमा आजै जस्तो लाग्छ । यो दृष्यले मन अमिलो बनाउथ्यो, मन न हो दुखीत हुन्थ्यो, सबै पीडाहरु पचाएर गरीएका बाचाहरु पूरा गर्ने अभियानमा निरन्तरता नदिई जीवनलाई सुखै थिएन । जीवनले यस्तो विवसता आफूलाई मात्र हो नसोची धेरैका बाध्यता हुन् भनेर चित्त बुझाउथे, हतियार भिर्न आतुर हुन्थे । जीवनको जिन्दगीको आश मारेका परिवारका सदस्यहरुले ज्यूदै पाएका घटना परिघनाहरु पनि कम छैनन् । 


२०६१ सालमा युद्ध मोर्चामै बिवाह बन्धनमा बाधीएका जीवनकी ६ बर्षिया छोरी छन्, अरु जन्माउने या नजन्माउने निर्णयमा पुगेका छैनन् । बाल्यकालमा बिद्यालय जान नपाएका जीवन शान्ति प्रक्रिया पछि एसएलसी सम्मको औपचारीक शिक्षा हाँसील गरेकाछन् । 

युद्ध भनेकै मृत्यूसँगको खेल भन्ने बुझेका जीवन आफू घाइते हुनु, सहयोद्धाको सहादत हुुनु, बहुपक्ष मर्नु, कब्जा हुनु नै युद्धको असल नियम हो भनि परिभाषा गर्ने जीवनलाई त्यो क्षणमा भावनात्मक रुपमा पीडा भएपनि कर्तब्यबाट बिचलीत हुन मन मान्दैनथ्यो । बिपक्षको ज्यान गएको हेरी रहदा उनलाई पनि खुसी लाग्दैनथ्यो, नलागे पनि खाएको कसम अनुसार अभियान जारी राख्नु उनको बाध्यता जस्तै       थियो ।

पार्टीमा सहभागी भएदेखि भूमिका पाइन भन्ने उनलाई कहिल्यै लागेन, त्यो क्रमले अहीले सम्म निरन्तरता पाइरहेको छ । राष्ट्रिय सभामा प्रदेश नं ६ बाट वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार भइरहँदा पार्टी, नागरिक, जिल्लावासी सबैले बिभिन्न माध्यमबाट गरेको सहयोगको परिणाम भन्ने जीवन निर्बाचित भएपछि आफूलाई सहयोग गर्ने सबैका चाहाना पूरा गर्ने कार्यमा तत्परता देखाउने योजनामा छन् । सहयोगी   हरुलाई पछुत्तो लाग्न नदिई भूमिका    कुसल ढंगबाट निर्बाह गर्ने जीवनको तयारी छ ।

स्थायी शासन प्रणाली बिना मूलुकको समग्र विकासको सम्भावना नदेख्ने जीवनले शुसासनको प्रबर्दन, विकास गर्ने पाटोमा परिबर्तन, बेरोजगारीको महामारीको अन्त्य, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, पानीको उपयोग, पर्यटनको विकास लगायतका कुरा प्राथमिकतामा राखेकाछन् । यी समस्याहरु सबैका साझा दुष्मनका रुपमा हेर्ने गरेका जीवनले यसका बिरुद्ध साझा लडाई लड्नु पर्ने आवश्यकता औंल्याएकाछन् । साझा सहमतिको अभियानाले मात्रै समृद्ध मूलुक निर्माण गर्न सहज हुने जीवनको बुझाई छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ