2026-07-05 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ मा बैठक सञ्चालनका लागि सदस्य अनुमोदन

2018-02-05

माघ २२, पोखरा | पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ । 

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । 

उहाँहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहनुभएको छ । 

प्रदेशसभा सञ्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १:०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिनुभयो । 

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई आजै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उहाँले निर्देशन दिनुभयो । 

एक घण्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगत रुपमा बैठकलाई सम्बोधन गर्नुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १:०० बजे बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै