२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उच्च मनोबलका साथ काम गर्न मुख्य सचिव रेग्मीको निर्देशन

२०७४, २५ माघ बिहीबार १०:२८

माघ २५, पोखरा | मुख्य सचिव लोकदर्शन रेग्मीले उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

पोखरामा आज आयोजित एक कार्यक्रममा संघीयताको कार्यान्वयनका लागि कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।

 

राज्यले तोकेका जस्तासुकै जिम्मेवारी पनि कर्मचारीले सफलताका साथ बहन गर्दै आएको उल्लेख गर्दै मुख्य सचिव रेग्मीले राज्यका जस्तासुकै कामका लागि हामी अब्बल छौँ भन्ने देखाउने गरी काम गर्न आग्रह गर्नुभयो । 

प्रदेशमा वा स्थानीय तहमा गइसकेपछि निजामती सेवामा प्रवेश गर्दाका आधारभूत शर्त, सेवा सुविधा पाइन्न कि भन्ने द्विविधामा नरहन आग्रह गर्दै उहाँले कर्मचारीलाई अप्ठेरो पर्ने गरी आफ्नो कार्यकालमा कुनै पनि निर्णय नहुने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेशसभाले अन्तिम निर्णय लिएपछिमात्र स्थायी र दिगो संरचना निर्माण हुने उल्लेख गर्दै मुख्य सचिव रेग्मीले अहिले कार्यसम्पादनका क्रममा धरै खर्च गर्नुभन्दा पनि भएका साधनस्रोत अधिकतम उपयोग गर्न जोड दिनुपर्ने बताउनुभयो । 

सेवा प्रवाहका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैको उच्च मूल्याङ्कन गर्ने बताउँदै उहाँले संघीयता कार्यान्वयनमा राम्रो भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गर्ने धारणा व्यक्त गर्नुभयोे । 

प्रदेश नं ४ का प्रमुख सचिव एवं क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले संघीयताको कार्यान्वयनका क्रममा आवश्यकताअनुसारका काम अघि बढिरहेको बताउँदै यस प्रदेशमा तीन वटा मन्त्रालयको व्यवस्थापना भइसकेको र अन्य हुने क्रममा रहेको जानकारी दिनुभयो । 

प्रत्येक मन्त्रालयमा केन्द्रीय फाइल प्रणाली, डिजिटल डकुमेन्टेसन सेन्टर, विद्युतीय हाजिरीजस्ता कामलाई अघि बढाइने जानकारी दिँदै उहाँले तीन वर्षभित्रमा प्रविधिमा आधारित मन्त्रालयका रुपमा सेवा प्रवाह गर्ने गरी काम भइरहेको बताउनुभयो । 

कार्यक्रममा शहरी विकास डिभिजन कार्यालयका प्रमुख किशोरलाल माजुले प्रादेशिक संरचनाअन्तर्गतका आवश्यक भवन निर्माण एवं मर्मत कार्यका सम्बन्धमा जानकारी दिनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला कार्यालयका प्रमुख, उच्च सुरक्षा अधिकारीको सहभागिता थियो ।रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी