2026-09-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह

वासुदेव पौडेल / फागुन १३, पोखरा | स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । 

अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय तहका लागि विभिन्न अधिकारको व्यवस्था गरिए पनि त्यसको उपयोग सम्बन्धमा आवश्यक कानून बनिनसकेका कारण समस्या भइरहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो । 

प्रकृतिका मनोरम दृश्यले सजिएको अन्नपूर्ण गाउँपालिकालाई समृद्धिको मार्गमा अघि बढाउन विभिन्न कार्यक्रमका साथ अघि बढिएको उहाँले बताउनुभयो ।“गाउँपालिकाको विकासका लागि प्राथमिकताका आधारमा पर्यटन, कृषि, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा केन्द्रित बन्दै गाउँपालिका अघि बढेको छ,” उहाँले भन्नुभयो । 

सो क्षेत्रको पर्यटनको विकासका लागि चालु आवमा गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ । विश्वकै उत्कृष्ट पदमार्गअन्तर्गतको अन्नपूर्ण सेरोफेरो यही गाउँपालिकामा पछृ । सो क्षेत्रमा नयाँ पदमार्गको खोजीका साथै भएका पदमार्गको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । 

यहाँस्थित नयाँ पुलदेखि वीरेठाँटी– तीखेढुंगा– घोरेपानी– मुक्तिमार्ग यहाँको महत्वपूर्ण पदमार्ग हो । त्यस्तै नयाँ पुल– वीरेठाँटी, घान्द्रुक, नयाँ पुल – वीरेठाँटी, तिखेढुंगा– उल्लेरी– घोरेपानी, नयाँपुलदेखि घान्द्रुक– छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग, घान्द्रुक– घोरेपानी– सिवै– झिनु –छोम्रोङ– लान्द्रुक– झिनु– छोम्रोङ– टाढापानी, घुर्जुङदेखि आधार शिविर, लुम्ले– पोथना– ठूलाखर्क हुँदै मर्दी हिमालसम्मको पदमार्गमा वर्षेनी ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक पुग्ने गरेका छन् । यहाँका घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, बिरेठाँटी, नयाँपुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथनाजस्ता गाउँले पर्यटकलाई लोभ्याउने गरेका छन् । 

गाउँपालिकामा पर्ने अन्नपूर्ण पहिलो, अन्नपूर्ण दक्षिण, हिउँचुली, बराहचुली, सिन्गुचुलीजस्ता हिमाल यहाँका पर्यटकीय आकर्षण हुन् । अध्यक्ष कुँवरका अनुसार गाउँपालिकाले यस क्षेत्रको कृषिको विकासका लागि रु ५० लाख विनियोजन गरेको छ । कृषिको सम्भावनालाई पहिल्याउने सोचका साथ गाउँपालिकाका ११ वटै वडामा माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । माटो परीक्षणबाट कुन ठाउँमा के हुन्छ भन्ने यकिन गरी कृषिको व्यावसायिक विकास गरिने बताइएको छ । 

अन्नपूर्ण गाउँपालिका राम्रो टुसा उत्पादन हुने ठाउँ हो । यहाँका जंगलमा पाँचऔंँले, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै दुर्लभ डाँफे, मुनाल, घोरलजस्ता जीवजन्तु पनि पाइन्छ । पर्यावरणीय संरक्षणका लागि गाउँपालिकाले एउटा रुख काट्दा पाँच बिरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ । 

बाटोघाटोको विकासका लागि सिँढीबाटो मोटरबाटो निर्माणका लागि रु दुई करोड विनियोजन गरी काम अघि बढाइएको कुँवरले जानकारी दिनुभयो । पोखरादेखि नाउडाँडा, सल्यान, लुम्ले, ताञ्चोक, लान्दु्रक, लुम्ले, चन्द्रकोट, भिच्चुक, लान्द्रुक, नयाँपुल – वीरेठाँटी, घान्दु्रक र नयाँ पुल, वीरेठाँटी, तीखेढुंगा, उल्लेरी यहाँका महत्वपूर्ण सडक हुन् । 

गाउँपालिकाको समग्र विकास गर्न चालु आवमा विनियोजित रु २७ करोडलाई यहाँका आवश्यकतानुसार प्राथमिकता निर्धारण गरी विभिन्न शीर्षकमा छुट्याइएको गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताउनुभयो । 

स्थानीय तह सञ्चालनमा आए पनि आवश्यक कानून बन्न नसक्दा व्यावहारिक रुपमा भने कठिनाइ भएको उहाँको भनाइ छ । “प्रत्येक स्थानीय तहको विकासका लागि सर्वप्रथम त कानून निर्माण गरिनुपर्छ,” गाउँपालिका न्यायिक समितिका संयोजक गुरुङले भन्नुभयो, “न्यायिक समस्याको समाधानका साथै कानूनको प्रभावकारी कार्यान्वयन गराउन सबै स्थानीय तहमा न्यूनतम एक कानूनविज्ञको व्यवस्था गरिनु आवश्यक छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ