Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा परिषद्‍मार्फत भएका उपलब्धीलाई सरकारले संस्थागत गर्छ: मन्त्री विश्‍वकर्मा

२०७४, १३ चैत्र मंगलवार ०२:३४

प्रज्वल पौडेल । चैत्र १३, काठमाण्डौ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्‍वकर्माले आफू प्रचारमा भन्दा पनि परिणाममा अलि धेरै विश्वासमा राखेर अगाडि बढ्ने बताउनुभएको छ । 


राष्ट्रिय युवा परिषदले सोमबार  त्रिपुरेश्‍वर स्थित आफ्नै कार्यालयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उहाँले युवा जनशक्तीलाइ राज्यले उचित स्थानमा प्रयोग गर्ने धारणा राख्‍नुभयो । राज्य नयाँ पुनसंरचना गएपनि ठूलो चुनौती देखा परेकाले सरकारले विस्तारै उपलब्धीलाइ कसरी संस्थागत गर्ने यसतर्फ सरकारको ध्यान गएको बताउनुभयो । 

जिल्ला युवा समितिका अध्यक्ष तथा कर्मचारीलाइ लक्षित गर्दै विश्‍वकर्माले भन्‍नुभयो (राज्यले लगानी गरेर उत्पादन गरेको मेनपावरलाइ त्यत्तिकै लथालिङ्ग छाड्ने सोच छैन ।


विकसित भनिएका मूलुकहरु अन्य देशका नागरिकले नभइ त्यहि देशका राजनीतिक शक्ति र जनताको सामूहिक संकल्प एकता र सहकार्यले अगाडि बढेको बताउदै मन्त्री विश्‍वकर्माले नेपालीले नै नेपाललाइ विकसित राष्ट्र बनाउन लाग्‍नुपर्ने धारणा राख्‍नुभयो ।

राज्य,युवा परिषद् र जिल्ला युवा समितिको मेहनतले धेरै युवाले रोजगार पाउन सकेको बताउदै राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका मन्‍त्री विश्‍वकर्माले भन्‍नुभयो (समृद्ध नेपाल निर्माण गर्न सीप,क्षमताले योग्य युवा जनशक्ति सक्रिय हुनु आवश्यकता छ ।

परिषद्को संरचना आगामी दिनमा जे जस्तो भएपनि युवा तथा खेलकुद मन्त्रालयले हालको उपलब्धीलाइ कहाँ सम्भव छ त्यहिँ प्रयोग गर्छ ।


यस्तै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले परिषदका भिजन, मिशन, ड्रिम प्रोजेक्ट र संघीय ढाँचामा परिषदको केन्द्रदेखि स्थानीय तह सम्मको संरचना र कर्मचारी व्यवस्थापनका बारेमा परिषदको धारणा राख्‍नुभयो । 

उहाँले युवा परिषद्ले निकै मेहनतका साथ जिल्ला जिल्लामा युवा लक्षित विभिन्‍न कार्यक्रम संचालन गरिरहेको जानकारी गराउनुभयो । परिषद्को अथक मेहनतले सिमित स्रोत र साधनमा जिल्ला जिल्लामा तालिम प्राप्त जनशक्ति उत्पादन गरेकोले अव युवाको क्षेत्रमा क्रियाशिल गराउन जिल्ला युवा समिति सक्षम भएकोले यसलाइ गति दिन राज्य लाग्‍नुपर्ने बताउनुभयो । उहाँले युवा लक्षित बजेट स्थानिय तहमा वितरण गर्दा निसर्त नभइ ससर्त पठाइदिने व्यवस्था भएमात्र सम्बन्धित क्षेत्रमा लक्षित बजेटको सहि सदुपयोग हुने धारणा राख्‍नुभयो । ढुङ्गेलले वडा तथा स्थानिय तहमा युवा क्लबहरुको स्थापना गरेर उद्दम विकासमा जोड दिनपर्ने र आवश्यक परेको खण्डमा युवालाइ राज्यले भोलेन्टिएरको रुपमा समेत देशभरीका युवालाइ एकैपटक काममा लगाउन सकिने धारणा राख्‍नुभयो । युवाले तालिमप्राप्त गरेपछि राज्यले सीप अनुसारको काम पाउने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा परिषदले स्थापनाकाल देखि हालसम्म संचालन गरेको कार्यक्रम र भावि रणनितिहरु जानकारी गराइएको थियो ।

परिषद्ले नवनियुक्त मन्त्रीलाइ स्वागत गर्दै कार्यालयले गरेका हालसम्म गरेको गतिविधीको जानकारी दिने उद्देश्यले 

युवा तथा खेलकुद मन्त्रालयका सचिव, सहसचिव, विभिन्‍न जिल्लाका जिल्ला युवा समितिका अध्यक्ष,राष्ट्रिय युवा परिषदका सदस्यहरुको सहभागितामा कार्यक्रमको आयोजना गरेको थियो ।

राष्ट्रिय युवा परिषदको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित