2026-07-05 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीका मन्त्रीहरुले श्रमदान गर्ने

चैत्र १४,सुर्खेत। कर्णाली प्रदेशका मन्त्रीहरुले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन्। प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा बुधबार श्रमदान गर्ने भएका हुन्।कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार बुधबार बिहान आठ बजेदेखि बुलबुले उद्यान क्षेत्रको पर्खाल निर्माणमा श्रमदान गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले श्रमप्रतिका सम्मान जागृत गर्न हरेक महिनाको एक र १५ गत्ते जनतासँगै सार्वजनिक काम गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुलबुले तालको पर्खाल निर्माणसँगै सरसफाई गरिने भएको हो।प्रदेशस्तरका सबै मन्त्रालयका मन्त्रीहरु, कर्मचारी, जिल्लास्थित कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनीधिहरुलाई सरसफाईमा सहभागि हुन अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताए। हाल बुलबुले तालको संरक्षणका लागि पर्खाल निर्माण शुरु भएको छ ।

सोही पर्खाल निर्माण र सरसफाई मन्त्रीहरुले श्रमदान गर्ने जनाइएको छ। यसअघि, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत सातै मन्त्रालयका मन्त्रीहरुले वीरेन्द्रनगर मुख्य बजार क्षेत्रको नाला सफा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै