Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

२०७४, १७ चैत्र शनिबार ०४:३७

चैत १७, कालीकोट (रासस) | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताउनुभएको छ । 

रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताउनुभयो । 

कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उहाँले भन्नुभयो, “कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।” 

अर्को प्रसंगमा उहाँले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोधसमेत गर्नुभयो । कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचालझरनाको प्रचारका लागि काम गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश