2026-09-14 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण

चैत २८, कपिलवस्तु (रासस) | नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । 

कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ । 

सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि उजुरी गरेका छन् । 

अपहरणमा परेका तिवारीको जीवन रक्षाको लागि पहल गरिदिन उनकी पत्नी सीता तिवारीले आज पत्रकार सम्मेलनमार्फत सरकार, मानवअधिकारकर्मी र पत्रकारसमक्ष अपिल गर्नुभयो । 

अपहरणमा परेका तिवारीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारततर्फ लगेको हुन सक्ने उनका दाजु अनिल तिवारीले दाबी गरेका छन् । अपहरणमा परेका तिवारीमाथि भारतमा लागू औषधसम्बन्धी मुद्दा चलिरहेको छ । 

अपहरणमा परेका तिवारीको खोजी कार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ