2026-07-06 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आफैबाट सुरुवात गर्दै जनप्रतिनिधी, नीजि स्कूल छोडेर सरकारीमा भर्ना

बैशाख २, कालिकोट | नरहरीनाथ गाउँपालिकामा विद्यालय भर्ना अभियान सुरु भएको छ । भिडिसेफ नेपाल, सेभ द चिल्डे«नको आर्थिक सहयोगमा सञ्चालित युवा ससक्तिकरण परियोजनाको सहजिकरणमा नन्दादेवी माध्यामिक विद्यालय र समाज सुधार युवा क्लवको सयुक्त आयोजनामा नरहरीनाथ गाउँपालिकाको वडा नं. १ कोटवाडाबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो ।

अभियानको सुरुवातमा नरहरीनाथ गाउँपालिका वडा नं. १ का वडा सदस्य तथा गाउँपालिका शिक्षा विभाग सदस्य पंखबहादुर बिष्टले नीजि विद्यालयमा पढिरहेको आफ्ना दुई वटा छोराछोरीलाई गाँउकै सरकारी विद्यालयमा भर्ना गरेका छन् । नरहरीनाथ गाउँपालिकाले गाउँपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो पायक पर्ने सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्ने निर्णय गरेपछि गाउँपालिका शिक्षा विभाग प्रमूख बिष्टले नीजि विद्यालयमा पढिरहेका एक छोरा र एक छोरीलाइई गाउँकै सरकारी विद्यालयमा भर्ना गरेका हुन् ।

नरहरीनाथ गाउँपालिका वडा नं. १ का कार्यालय सहायक उदयराम बिष्टले पनि नीजि विद्यालयमा पढिरहेको छोरालाई गाउँको सरकारी विद्यालयमा भर्ना गरेका छन्  । भिडिसेफ नेपालका विकास सुपरिवेक्षक शंकर उपाध्यायले विद्यार्थी भर्ना अभियान अन्तर्गत आइतबार नरहरीनाथ गाउँपालिकाको वडा नं. १ कोटवाडास्थित नन्दा देवी माध्यामिक विद्यालयमा पहिले विद्यालय छाडेका तीन जना विद्यार्थीहरुललाई विद्यालयमा पुनः भर्ना गराएको बताए । उनले आइतबारदेखी थालिएको यो अभियान नरहरीनाथ गाउँपालिकाका ९ वटै वडाहरुमा निरन्तर थालिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै