असार ५, काठमाडौँ | पुर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले ३८ वर्षअघि दलित महिलासँग प्रेम गरेर एक छोरा जन्मेपछी वेवारिसे छाडेर काठमाडौँ भागे । क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, काठमाडौँ | पुर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले ३८ वर्षअघि दलित महिलासँग प्रेम गरेर एक छोरा जन्मेपछी वेवारिसे छाडेर काठमाडौँ भागे । क्"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका नेताको कर्तुत- गर्भवति बनाएर भाग्ने अनि अहिले दायित्व नलिने ? (भिडियो सहित)

२०७५, ५ श्रावण शनिबार ०२:३६


असार ५, काठमाडौँ | पुर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले ३८ वर्षअघि दलित महिलासँग प्रेम गरेर एक छोरा जन्मेपछी वेवारिसे छाडेर काठमाडौँ भागे । क्रिपासुरले जागिरको सिलसिलामा ताप्लेजुङ जाँदा धनमाया दर्नालसंग प्रेम गरेका थिए । त्यही प्रेमको फलका रुपमा गणेश जन्मिए । गणेशले ८ बर्षमा थाहा पाए कि उनको बाबु काठमाडौँमा छन् । 

४ कक्षा मात्र पढेका गणेश आमासंगै हुर्किए । आमालाई गर्भवति बनाएर भागेका कृपासुर जागिर छाडेर राजनीतिमा लागे र सांसद हुँदै २०७२ मा एमालेबाट मन्त्री समेत बने । मन्त्री बन्नु अघि नागरिकता बनाइदिन नमानेका कृपासुरले बिभिन्न आरोप लगाउँदै गणेशलाई आफ्नो छोरा मान्न तयार थिएनन् । ३४ बर्ष बित्दासम्म गणेशले नागरिकता पाएका थिएनन् । विना बाबुको छोरा भनेर गणेशले जीवनभर तिरष्कार खेप्नु पर्यो भने उनले प्रेम गरेर गर्भवती बनाई छाडेर भागेपछि लोकलाज सँग जुधेर गणेशकि आमाले ३७ बर्षसम्म बिना श्रीमान जीवन बिताएर २ बर्ष अघि मृत्यु वरण गरिन् । 

सुरुसुरुमा मन्त्री कृपासुर शेर्पाले गणेश आफ्नो सन्तान नभएको दावी गरेपनि पछी पार्टी र संचार माध्यममा आफ्नो पर्दा खुलेपछि गलेका थिए । मन्त्री बन्नु अघि उनले आफ्नो र गणेशको डिएनए जुधाउन आफू तयार रहेको समेत बताएका थिए । तर गणेशको निकै लामो संघर्ष, एमालेमा दवाब र बिभिन्न मिडिया मार्फत न्याय मागेपछि मन्त्री बनेको ४ दिन पछी २०७२ जेठमा मन्त्री पद जोगाउन र बहुविवाहको कानुनबाट बच्नकै लागि बाध्य भएर कृपाशुरले गणेशलाई नागरिकता बनाइदिए ।  

नागरिकता अघिनै गणेश र उनकी आमाले आफुहरुले अंश पाउनुपर्ने माग गर्दै मुद्धा दिएका थिए । अहिले गणेश ३८ वर्षका छन् । उनले नागरिकता पाए पनि अहिलेसम्म अंश भने पाएका छैनन् । उनले यसअघि अंश मुद्धा हालेर जिल्ला अदालत मार्फत गणेशको पक्षमा फैशला भएको थियो । तर सौतेनी आमा र पुर्वमन्त्री क्रिपासुर पक्षले गणेश बिरुद्ध पुनरावेदनमा मुद्धा हालेको कारण पुरावेदनको फैशला आईसकेको छैन । मुद्धाको अझै कुनै सुनुवाई नभएको र आफूलाई अन्याय हुनेगरी फैशला आउने हो कि भन्ने डर गणेशलाई छ । पैसा र पावर भएपछी नेपालमा जे पनि हुन्छ जस्तो लाग्छ भन्दै गणेशले भने 'जिल्ला अदालतले मलाई न्याय गर्यो अब पुनरावेदनले के गर्छ हेर्न बाँकी छ ।' गणेशले अदालतको सुनुवाई केहि समयमा आउने समेत बताए ।

दुई छोरा, छोरी, श्रीमती सहित काठमाडौँको बालुवाटारमा भाडामा २ वटा कोठा लिएर बस्दै आएका गणेश ड्राइभर हुन् । गाडी चलाएर मासिक २० हजार कमाउने गरेको बताउने गणेशले घर भाडा र बत्ति पानी सहित १० हजार सकिने, आफुहरुले खाई नखाई जोगाएको पैसाले बच्चा पढाउन समेत नपुग्ने त्यसमा पनि गणेशलाइ सुगर रोगको कारण औषधि सेवन गरिराख्नुपर्ने बाध्यताले पनि आर्थिक रुपमा निकै अफ्ट्यारो परेको गणेश बताउँछन् । उनको परिवारलाई नाजायज भन्दै अहिलेसम्म पुर्वमन्त्री परिवारले आफ्नो परिवारमा सामेल गर्नु त परै जाओस, उल्टो पटक-पटक बिभिन्न तरिकाले धम्की दिंदै आएका छन् । मन्त्री पद छउन्जेल आफ्नो पद जोगाउन कृपासुरले गणेशलाई अंश दिने आश्वासन दिने गरेपनि मन्त्रीबाट हटेपछि गणेशको परिवारलाई गोली हान्ने धम्कि दिएको समाचार बिभिन्न मिडियामा आएका थिए । 


लामो प्रयासमा पनि अंश नपाएपछि गणेशले बिभिन्न मिडियाको सहारा लिंदै आएका छन् । गणेशले साझा सबालसँगको कुराकानीमा मिडियाकै सहयोगमा आफुले नागरिकता पाएको र अंश पनि लिएर छाड्ने बताएका छन् । उनले भने 'अंश नदिए अब झिटी गुन्टा कसेर क्रिपासुरकै घरमा जाने योजनामा छौं । त्यतिबेला सबै मिडियालाई लिएर हामी घरमा प्रवेश गर्छौं ।' 

गणेशका अनुसार कान्छी पट्टिको छोराको बिहेमा करोडौंको खर्च गर्न सक्नेले कुनै सम्पति छैन भनेर ढाट्ने र नाटक गर्ने गरेको बताए । उनले आफ्नो मोबाइलमा कान्छी आमा पट्टीका छोरा, छोरी (भाई-बहिनि), सौतेनी आमाको लगाई-खुवाई र सम्पन्नतालाई सुरक्षित राखेका छन् । गणेशले सौतेनी भाईको बिहेमा सौतेनी आमाले लगाएको गरगहना र ५ तारे होटलमा वर्तमान प्रधानमन्त्री ओली सहितको सानदार उपस्थितिमा आयोजित विवाहको फोटो समेत सुरक्षित छन्, उनले भने 'ल हेर्नुस्, एउटै बाबुले जन्माएका २ सन्तानमा कति फरक छ ? मेरो बिहे कसरी भयो ? सौतेनी भाईको बिहे कसरी भयो ? म ४ कक्षा मात्र पढेको मामुली ड्राइभर मात्र बन्न सक्दा सौतेनी भाई-बहिनि डाक्टर र कलेजका लेक्चर छन् । यो भन्दा ठूलो अन्याय के हुन सक्छ ? मेरो के दोष ?' 

जिल्ला अदालतले गणेशको अंश मुद्दालाई फैशला गरिसकेको र गणेशले अंश पाउनुपर्ने सुनुवाई गरेकोमा कृपासुरले जिल्ला अदालतकै निर्णयको विपक्षमा पुनरावेदनमा मुद्धा हालेका थिए । यस अघिको सुनुवाई अनुसार गणेशलाई क्रिपासुरले आफूसँग भएको सम्पतिको ७ भागमा १ भाग दिनुपर्ने छ । गणेशकि आमाको दुई बर्षअघि निधन भईसकेकोले गणेश पक्षले १ भाग मात्र पाउने भएको हो । तर त्यहि पनि दिन आलटाल गरेकाले आफूले अंश नपाए बाबुबिरुद्ध निरन्तर लडिरहने गणेशले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ