२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ : प्रचण्ड

२०७५, ७ श्रावण सोमबार ०९:३२

साउन ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । 

पुष्पलाल स्मृति प्रतिष्ठानले  पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उहाँको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गर्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ, अहिले कार्यशैलीमा विचलन देखिन्छ, यस्तो विचलनले मुलुकलाई अगाडि बढाउन सक्तैन ।” 

पार्टीका वरिष्ठ नेता एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले मृत्युलाई नजीकबाट देखेका पुष्पलालले निरंकुशताविरुद्ध सशक्त आन्दोलन शुरु गरेको तथा देश र जनतालाई स्वतन्त्र र समृद्धितर्फ लैजानका लागि संघर्ष गर्नुभएको बताउनुभयो । 

पुष्पलालले नेपाली काँग्रेसमा रहेर देश र जनताको सेवा गर्न नसकिने देखेपछि उक्त पार्टी छाडेर चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे गहिरो अध्ययन गरेर कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गर्नुभएको र पार्टी स्थापना गर्नुभएको विचार नेता नेपालले व्यक्त गर्नुभयो । 

नेकपाका नेता वामदेव गौतमले मुलुकमा सामाजिक न्याय स्थापनाका लागि पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेकपा धेरै आरोह अवरोह पार गरेर अहिलेको अवस्थामा आएको बताउँदै अब सामन्तवाद अन्त्य गरी देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कम्युनिष्ट आन्दोलनले देश र जनताको समृद्धि गर्न सक्छ भन्ने मान्यतालाई पुष्पलालले सिद्धान्तका रुपमा विकास गर्नुभएको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले चम्पादेवीमा चाँडै पुष्पलाल ज्येष्ठ आश्रम बन्ने जानकारी दिनुभयो । पुष्पलालका समकालीन लक्ष्मीभक्त उपाध्यायले आफूले प्राप्त गर्नुभएको पुष्पलाल राष्ट्रिय पुरस्कारवापतको रु एक लाख सोही प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी पुष्पलालका पुत्र उमेशलालले आफू बाँचुञ्जेल पिताका नामबाट सरकारले स्थापना गरेको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई रु ५० हजार दिने घोषणा गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी