2026-07-06 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले माफी मागे (भिडियो हेर्नुहोस्)

साउन १५, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई आफ्नो अभिव्यक्तिले चोट पुगेकोमा माफी मागेका छन् ।

नेता थापाले आफ्नो उद्देश्य बंगलादेशबाट एमबिबिएस अध्ययन गरेर आउने डाक्टरहरुलाई चोट पुर्‍याउनु नभएको भन्दै उनले फेसबुक लाइभमार्फत भनेका छन् – 'जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’

थापाले हालै मात्र एक कार्यक्रममा बंगलादेशमा पढने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए । आफूले सामान्यीकरण गुर्नु र कुन तथ्यका आधारमा यो भनिएको हो प्रष्ट पार्न नसक्नु कमजोरी भएको कांग्रेस सांसद थापाले स्वीकार गरेका छन् । नेता थापाले बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान दोहोर्‍याएका छन् ।

नेता थापाले बंगलादेशमा राम्रा कलेज पनि रहेको तर, त्यहाँ नगन्य नेपाली विद्यार्थी रहेको थापाले बताए । उनले नेपाल मेडिकल काउन्सिलले लिएका परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आउनेहरु ३२ पटकसम्म फेल हुने गरेको तथ्य उल्लेख गरेका छन् । 'नेपाल बाहिर चिकित्सा शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीका सन्दर्भमा मेरो अभिव्यक्तिका बारेमा उठेका विषयहरूसंग सम्बन्धित।' शिर्षकमा लाइभ दिंदै नेता थापाले नेपाल भित्र कम मेडिकल शिक्षालय नहुनाले नेपालीहरु बाहिर जानुपरेको बिषयलाई प्रस्ट्याउने क्रममा आफुले प्रतिक्रिया राखेको बताएका छन् । उनले आफ्नो टिप्पणीले राम्रा बिद्यार्थीलाई चोट पुगेको भन्दै उनीहरु जसले राम्रोसँग पढ्नु भएको र मेहनत गरेर पढ्नुभएको छ, तपाइँलाई मेरो भनाईले आंच पुगेको छ भन्दै क्षमा मागेका छन् । उनले लाइभमा आफ्ना बिभिन्न बिषयलाई प्रस्ट्याउँदै बोलेको कुरालाई तल भिडियोमा हेर्न सक्नुहुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने