Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘… तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै नेकपा सांसदको कन्चटमा पेस्तोल

२०७५, १६ श्रावण बुधबार ११:४२

साउन १६, काठमाडौं । ‘प्रधानन्यायाधीशलाई अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै सांसदको कन्चटमा पेस्तोल राखिएको खुलाशा भएको छ । 

सत्तारुढ दल नेकपाकी सांसद निरु पालले आफुलाई पेस्तोल तेर्स्याईएको भन्दै सुरक्षा माग गरेपछि यस बिषयमा भेद खुलेको हो । सांसद पालले सभामुखसामू सुरक्षाको निवेदन दिएकि थिइन् ।

सांसद पालले मंगलबार साँझ दूध किन्न सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको भन्दै सुरक्षाको माग गरेकि थिइन् । ‘प्रधानन्यायाधीशलाई अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञातले धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।

लगत्तै प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको छ । उनीसहित सुनुवाइ समितिका ७ जनालाई सुरक्षा दिने निर्णय भएको छ । 

सांसदको कन्चटमा पेस्तोल कसले तेर्स्यायो भन्ने बारेमा भने अनुसन्धान जारी रहेको बताइएको छ ।  

तश्विरमा: सांसद निरु पाल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली