Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा

२०७५, २१ श्रावण सोमबार ०६:३४

साउन २१,  काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ |


नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र ब्यबस्थित रुपमा प्रबेश परिक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजिनामा मागेका छन् । उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् । 

“पारदर्शी र ब्यबस्थित रुपमा प्रवेश परीक्षा सञ्चाल गर्ने हैसियत नराख्ने सिटिइभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामा गर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ । 

त्यसैगरी संयोजक बिकले डिप्लोमा तहको बर्गिकृत छात्रबृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थथित गरेर घृणित कार्य गरेको बताएका छन् । विद्यार्थीको भविश्यसँग खेलवाड भएको भन्दै संयोजयक बिकले विज्ञप्तिमा भनेका छन्, “प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।” 

संयोजक बिकले राज्यका शैक्षिक निकायहरु बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुनु परेको भन्दै निन्दा गरेका छन् । 

सिटिईभिटीले यसअघि आज दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो । 

यस्तो छ विज्ञप्ति 

हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) नेपालको वर्तमान दलाल पँुजीवादी शिक्षा प्रणालीको बिकल्पमा बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको लागि एकिकृत जनक्रान्तिको चुनौतीपूर्ण संघर्षमा रहेको कुरा सर्बबिदितै छ ।

यसै सन्दर्भमा सिटिइभीटीद्धारा यस शैक्षिक शत्रका लागि प्राबिधिक एस.एल.सि.पूर्ण शुल्कतर्फको प्रबेश परीक्षा आज अर्थात श्रावण २१ गते दिउँसोको २ बजे तोकिएकोमाबिशेष कारणको नाटक गरेर रातारात स्थगित गरिएकोप्रति घोर आपत्ति प्रकट गर्दछौं । डिप्लोमा तहको बर्गिकृत छात्रबृत्ति अन्तर्गत धनगढी, जनकपुरलगायतका परिक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै बिशेष कारणको हवालादिएर आजको परिक्षा स्थगितगर्ने गराउनेहरु बिद्यार्थीलगायतजनताको नजरमा घृणाको र आक्रोशको पात्र बनेका छन् ।

प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित परीक्षाजस्तो संबेदनशिल बिषयमा खेलबाड गर्ने÷गराउने  सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।

राज्यका शैक्षिक निकायहरु बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परिक्षा र एसइइको पुरक परिक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुने भएका छन् । यसकाबिरुद्ध समेत हाम्रो संगठन घोर निन्दा गर्दै बिद्यार्थीलाई सहज हुने गरि परीक्षा सञ्चालन गर्न माग गर्दछ ।

अन्त्यमा, पारदर्शी र ब्यबस्थित रुपमाप्रबेश परिक्षा सञ्चालन गर्ने हैसियत नराख्ने सिटिइभीटीका पदाधिकारीहरु उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिब पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामागर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सिटिईभीटी र सम्पूर्ण बिद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दीबनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली