Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को नाम नेवा–ताम्सालिङ राख्नुपर्छः सांसद तामाङ

२०७५, २ भाद्र शनिबार १५:०१

भदौ २, काठमाडौं । संघीय सांसद गंगाबहादुर तामाङ ‘वामध्वज’ले प्रदेश नम्बर ३ को नामा नेवा–ताम्सालिङ राख्दा ठीक हुने बताएका छन् । साथै प्रदेश नं. ३ को राजधानी काभ्रे हुनुपर्ने धारणा समेत उनले राखेका छन् । 

अनामनगरमा अवस्थित संवाद डबलीमा आयोजित नाङसाल क्लब नेपालको ९४औं साहित्य वाचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले आफूले त्यसनम्ति लागि पहल थालेको बताए । 

सांसद तामाङले आफूले निर्वाचनको बेला मतदातासँग प्रतिवद्धता जनाएको तेमालमा तामाङ संग्रहलय निर्माण निर्माण गरिछाड्ने र त्यसका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए । प्रदेशको यस नाममा सहमति जुटन नसके नेवा–ताम्सालिङ–बाग्मतीबारे पनि छलफल चलाउन सकिने उनको धारणा थियो । 

कार्यक्रममा तामाङले क्लबका सल्लाहकार ढकबहादुर घिसिङको ‘ताम्बा’ गीत सार्वजनिकीकरण गरेका थिए । साथै राजेन्दू ङ्यासुर, हिक्मत सिं वाइबा, दीर्घ तामाङ ङ्यासुर, ढकबहादुर घिसिङ र तीर्थमान बललाई प्रमुख अतिथि सांसद तामाङबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो । 


कार्यक्रममा वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा, चलचित्रकर्मी विनय दोङ, स्रष्टाहरु ङेमा गोले र धनकुमारी घिसिङ, गायक अशोक तामाङ, गायक तथा संगीतकार झोकलाल तामाङ, गायिका इन्दिरा गोले र समाजसेवी भीम तामाङ अतिथि थिए । 

कार्यक्रमका सभापतित्व क्लबका अध्यक्ष मिक्साङ वाइबाले गरेकी थिइन् । नाङसाल क्लब तामाङ समुदायकेन्द्रित साहित्यिक संस्था हो । यसले हरेक महिनाको पहिलो शनिबार साहित्यिक वाचन कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली