Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै भूगोललाई समान विकासमा जोड दिइएको छ: मन्त्री बाँस्कोटा

२०७५, ४ भाद्र सोमबार १०:३२

भदौ ४, काठमाडौँ, | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ । ” सङ्घीय संसद् विकास तथा प्रविधि समितिको आजको बैठकलाई सम्बोधन गर्दे मन्त्री बाँस्कोटाले मन्त्रालयले सबै भूगोललाई समान विकासमा जोड दिएको जानकारी दिनुभयो । असल व्यवस्थापन कायम गर्दै मन्त्रालयले आफ्नो कार्यक्षेत्रका कामलाई प्रभावकारी बनाउने र आगामी दिनमा दूरसञ्चार सेवा र क्षेत्र विस्तार गर्ने नीति रहेको बताउनुभयो । 

नेपाल टेलिकमको सेवा र क्षेत्र विस्तार गर्न अगामी ६ महिनाभित्र देशका विभिन्न स्थानमा ६३८ टावर जडान सम्पन्न हुने, दूरसञ्चार प्रविधिको चौंथो पुस्ता (फोर जी) देशका प्रमुख शहरमा विस्तार गर्ने र पाँचौं पुस्ता (फाइव जी ) भित्रयाउने तथा सबै पालिकामा इन्टरेटको पहुँच पु¥याउने लक्ष्य रहेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । 

उहाँले देशको एकमात्र समाचार उत्पादन तथा वितरण गर्ने संस्था राष्ट्रिय समाचार समिति (रासस)को प्रत्येक वर्ष एउटा प्रदेशमा एउटा नयाँ कार्यालय भवन निर्माण गर्ने कार्यक्रम अन्तर्गत यस आवमा पोखरामा प्रादेशिक भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले देशको गौरव र प्रतिष्ठासित गाँसिएको राससका स्थायी समाचारदाता चीनको बेइजिङ र अमेरिकाको न्युयोर्कमा राख्न लागिएको, राससका महत्वपूर्ण समाचार तथा अभिलेखको ‘डिजिटल अर्काइभ’ तयार गर्ने काम भइराखेको, गोरखापत्र विराटनगर र कोहलपुरबाट प्रकाशनको शुरुवात भएको बैठकमा जानकारी दिनुभयो । 

करीब ८३ प्रतिशत जनताको पहुँचमा पुगेको रेडियो नेपाल र ७२ प्रतिशत जनताको पहुँचमा पुगेको नेपाल टेलिभिजनका सेवा अगामी पाँच वर्षमा सबै जनताको पहुँचमा पु¥याउने, आव २०७४÷७५ मा ८७८ पत्रकारको दुर्घटना बीमा भएको र पत्रकार वृत्तिकोषको कार्यविधि स्वीकृत भएको उहाँले बताउनुभयो । 

मन्त्री बाँस्कोटाले सबै प्रकारका आमसञ्चारका माध्यममा जनताको पहुँच पु¥याइने, आमसञ्चारलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाइने, नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजानिक प्रसारण संस्थाको रुपमा एकै व्यवस्थापनमा सञ्चालन गरिने र सातै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने जानकारी दिनुभयो 

नयाँ दूरसञ्चार ऐन मस्यौदा अन्तिमचरणमा 

मन्त्री बाँस्कोटाले दूरसञ्चार सम्बन्धी नयाँ ऐन मस्यौदा अन्तिम रुप दिन कार्यदल गठन भई छलफल भइराखेको, राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइवर विच्छ्याइ अगामी दुई वर्षभित्र सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिका सूचना मार्गले जोड्ने बैठकमा बताउनुभयो । 

भूकम्पबाट प्रभावित रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ७४७ सेवाकेन्द्र स्थापना गरी निःशुल्क इन्टरनेट उपलब्ध गराइएको, दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली २०७४ स्वीकृत भएको तथा फ्रिक्वेन्सी नियमावली तयार भई पेश गरिएको र सूचना प्रविधि ऐनको मस्यौदा तयार भएको उहाँले जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले सुरक्षण मुद्रालय स्थापना गर्न सुरक्षण मुद्रणको कार्य अगाडि बढेको र प्राविधिक परिक्षणको काम अगाडि बढेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली