Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका नेताहरुद्वारा प्रचण्ड लगायतले राष्ट्रियता कमजोर बनाएको भन्दै आक्रोश

२०७५, ९ भाद्र शनिबार १५:१४

भदौ ९, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले पछिल्ला दिनहरुमा देशको कुटनीतिक मामला कमजोर भएको बताएका छन् । उनले चीनप्रतिको शुद्ध धारणा लिपुलेक प्रकरणपछि शंकाको घेरामा परेको बताए । 

शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पुर्याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि पुनः फिक्का भएको बताए । “प्रचण्डले माओवादीलाई एमालेकरण मात्रै गराउनु भएन उहाँले राष्ट्रिय हित विपरित काम गर्न अझ बलियो आधार पनि दिनु भएको छ, विगारेका हाम्रो मुल्य, मान्यता र आदर्शलाई हामीले पुनः गौरवताका निम्ति काम गर्नुपर्ने छ” किरातीले भने । पूर्व मन्त्री समेत रहेका किरातीले आफू संस्कृति मन्त्री हुँदा पशुपतिनाथमा नेपाली पुजारी ल्याउने हिम्मत गरेको तर प्रचण्डले भारतीय पुजारी राख्ने पर्नेमा लागेको आरोप लगाए । उनले प्रचण्डको चरित्र विस्तारै उदांगो भएको समेत ताए । 

एक अर्को प्रसंगमा अध्यक्ष किरातीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरित कममा अभिमुख हुँदै गएकोले निकट भविष्यमा अर्को ठूलो आन्दोलन निम्तिने दाबी समेत गरे । 

राजनीतिक विश्लेषक तथा वाम वुद्धिजीवि प्रा.डा. गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको बनेको बताए । उनले अहिलेका शासकहरुले भन्ने गरेको नीति परराष्ट्र नीति नभएर रणनीति भएको धारणा राखे । 

कार्यक्रममा बोल्दै सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे । चीन र भारतबाट ७१ प्रतिशत सहयोग भएको र नेपालको १६१ ओटा मुलुकसँग कुटनीतिक सम्बन्ध भएको र जुन २९ प्रतिशतको लागि मात्रै यति धैरै देशसँग गर्नु अर्थिक बोजका हिसाबले फाइदा जनक नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भरत र चीनसँग राम्रो सम्बन्ध भएको भन्ने भनाई लगत भएको बताउँदै डा. सिवाकोटीले भने, “चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने चार वर्षदेखिको कसरत के भयो ? लिपुलेकको के भयो ? भारतीय छत्रछाँयामा नेपाली सेनालाई पुनामा तालिम किन ? यस्ता प्रश्नले नेपालको चीनसँगको सम्बन्ध कस्तो छ प्रष्ट भएको छ ।” उनले भारतीयहरुले कोसी व्यारेज सुरक्षार्थ भन्दै सेना नेपालमै राख्न अनुमतिपत्र आएको र कतै यो सरकारले भोलि गएर त्यो अनुमति पनि दिन सक्ने गम्भीर आशंका पनि व्यक्त गरे ।


राजनीतिक विश्लेशक डा.केवी रोकायाले नेपालको वर्तमान शासकहरु पुराना भन्दा पनि गएगज्रेका भएको र उनिहरुसँग देश र जनताको पक्षमा काम गर्ने भन्दा विदेशीलाई खुशी पारेर अर्थोपार्जन गर्ने दाउतिर अभिमुख भएको आरोप लगाए । रोकायाले नेपालमा आएको धर्म निरपेक्षता पनि विदेशीको डिजाइनमा भएको ठोकुवा समेत गरे । 

वर्तमान सरकारले कर्मचारीको तलब तथा आफ्नो नेता तथा कार्यकर्ता पाल्न निम्ति अनावश्यक जनताको ढाडमा करको बोझलगायतका जनविरोधी कामले जनता आक्रोशित भएको बताउँदै डा. रोकायाले भने, “यस्तो जनविरोधी सरकार ढाल्न अब देशमा ठूलो आन्दोलन हुन्छ, त्यसको नेतृत्व म र सुरेन्द्र केसी जस्ताले गर्ने छौं, किन कि राजनीतिक दलप्रति जनताको विश्वास उडिसक्यो ।”

कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसीले २१ औं शताब्दिको प्रराष्ट्रनीति परनिर्भर नभएर अन्तर निर्भर हुनपर्ने बताए । नेपालको विदेश नीति समुन्द्रीय, आर्थिक अन्तरनिर्भर मुलक पञ्चशीलको धारमा हुनुपर्ने आवश्यकता भएपनि विदेशी रिजाउने र व्यक्तिगत फाइदा लिने किसिमले नीति बनाइएको बताउँदै केसीले भने, “मुखमा समाजवाद भन्ने विदेशीलाई फाइदा हुने, देशलाई टाट पल्टाउने नीति छ यी शासकको ।”

माओवादी केन्द्रका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कर्णजित बुढाथोकीले वर्तमान सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्लि आफै उडाएको बताए । उनले सरकार नै माफियाहरुको चङ्गुलमा पसेको आरोप लगाए । 

पूर्वएमाले र नेपाली कंग्रेसले १० वर्षे जनयुद्धले देशलाई पछाडि धकेलेको आरोप लगाउने गरेको र त्यो आफ्ना पूर्वसहकर्मीहरु बादल, बाबुराम तथा जनार्दनले राम्रो काम गरेर झुट्टा सावित गरिसकेको बताए । साथै, महासचिव बुढाथाकीले आफूहरुले २०४८ सालमा संघीयता, धर्मनिरपेक्षत, समावेशी तथा समानुपतिक मुद्ध उठाएको स्मरण गर्दै सो माग उति नै समयमा पूरा गरेको भए यत्रो ठूलो बलिदान नहुने बताए । 

बुढाथोकीले जनताको ठूलो बलिदानीबाट अहिलेको परिवर्तन आएको तर सरकार त्यसलाई भुलेको बताउँदै भने, “हामीले ठूलो बलिदानी गरेर अहिलेको परिवर्तन आएको हो । फेरिपनि हामीलाई कम अक्दै हेप्ने हो भने विप्लव र वैद्य कमरेडसँग एकता गरेर सरकारलाई पाठ सिकाउन तयार छौं ।” 

कार्यक्रमलाई स्वागत मन्तव्य सो विभागका सदस्य प्रयासजंग अधिकारीले गरेका थिए भने अर्का सदस्य बालकृष्ण लम्सालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली