2026-07-06 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छ: सभामुख महरा

2018-08-27

भदौ ११, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभएको छ । 

भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण एवं वृत्तचित्र’को आज यहाँ शुभारम्भ गर्दै सभामुख महराले राजनीतिक परिवर्तनको जगमा उभिएर अब जनताको आर्थिक एवं सामाजिक रुपान्तरण गर्न सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रुकुम (पूर्व)को आर्थिक समृद्धि पर्यटन प्रवद्र्धनले नै गर्छ, यसका लागि सरकारले थप लगानी बढाउनुपर्छ । ” 

राजनीतिक दृष्टिकोणले भूमे गाउँपालिकामा रहेका लावाङ र चुनवाङस्थल ऐतिहासिक रहेको उहाँको भनाइ थियो । सरकारले रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर मध्यपहाडी क्षेत्रमा गुरिल्ला पदमार्गका रुपमा विकसित गर्न थालेको छ । भूमेका अधिकांश बस्तीमा मगर समुदायको बसोबास छ । विमोचित पुस्तिकामा भूमेको परिचय समेटिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गुरिल्ला पदमार्गलाई बहुवर्षीय योजनामा समावेश गरी पर्यटन प्रवद्र्धनको काम भइरहेको बताउनुभयो । उहाँले भूमेमा रहेको गणतन्त्र सङ्ग्रहालयलाई थप प्रवद्र्धन गर्न वजेट विनियोजन गरिने बताउनुभयो । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगर तथा उपाध्यक्ष मनकुमारी बुढा विष्टले मगर संस्कृतिको धनीका रुपमा रहेको गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने